विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हिमालयन इन्जिनियरीङ एण्ड इनर्जी प्रालि २ मेगावाटको अरुण खोला–२ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गण्डकी प्रदेश अन्तर्गत नवलपरासी–पूर्व जिल्लाको विनयी त्रिवेणी गाउँपालिका, मध्यविन्दु नगरपालिका तथा लुम्बिनी प्रदेशको पाप्पा जिल्लाको निस्दी गाउँपालिका भएर बग्ने खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्यययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवालसँग  समक्ष  आग्रह गरेको छ ।

विभाग वा प्रवद्र्वक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरिएको छ । आयोजनाको सम्पूर्ण संरचना अरुण खोलाको दायाँ किनारामा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ ।

खोलामा निर्माण हुने बाँधबाट पानीलाइ करिब २ हजार ९ सय २२ मिटर लामो हेडरेस पाइपबाट मध्यविन्दु नगरपालिकामा निर्माण हुने विद्युतगृहमा पुर्याइनेछ । विद्युतगृहमा १० मेगावाट क्षमताको २ वटा टवाईनमा पानी खसाली सो टर्वाइनमा जडान भएको जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ ।

आयोजनाबाट २०८१ भदौ १ गतेदेखि विद्युत उत्पादन हुने प्रस्ताव गरिएको छ । आयोजनाबाट वार्षिक सरदर १३.१८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

उत्पादीत विद्युत ३३ केभी प्रसारण लाइनमार्फत करिब ७ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको अरुण खोला बजार सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit