विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । केन्ट ब्रान्डका थप विद्युतीय उपकरणहरू नेपाली बजारमा ल्याइएको छ । पहिलेदेखि नै विद्युतीय वस्तुहरू बिक्री वितरण गर्दै आएको एक मात्र आधिकारीक वितरक ईओएल प्रालि, नेपालले थप उपकरण ल्याएको हो ।

नयाँ आईस्मार्ट फेन्सी एंगल होल्डर, आईस्मार्ट फेन्सी ब्याटन होल्डर, आईस्मार्ट मोड्युलर एंगल होल्डर, आईस्मार्ट मोड्युलर ब्याटन होल्डर, आईस्मार्ट ६ए प्लग टप, मेल फिमेल बेला, मेटल बक्स ४एम गज, मेटल बक्स द्दज्ञ गज, नेक्स एमसीबि टि.पि.एन. सिरिज आदि ल्याइएकाे ईओएलले जनाएकाे छ ।

सबै नयाँ वस्तुहरू उत्कृष्ट विशेषताहरूले भरिपूर्ण छन् । सबै सामानहरू नेपालभरि बजारमा सजिलै पाइन्छ । केन्टका पहिले नै बजारमा नेक्स सिरिजको सेमी–मोड्युलर स्विचहरू, विभिन्न प्रकारका फ्यानहरू, ग्यास र इलेक्ट्रिक गिजरहरू, हेलोजन हिटरहरू उपलब्ध छन् । केन्ट भारत ब्रान्ड नेपालीहरूको लोकप्रिय ब्रान्डहरूमध्ये एक हो ।

सि.जी. इलेक्ट्रोनिक्सको बारेमा

सि.जी. इलेक्ट्रोनिक्स चौधरी ग्रुपको एक कम्पनी हो जसले गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्ने प्रतिष्ठाको साथ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्स व्यवसायको अग्रगामी हो । सि.जी. इलेक्ट्रोनिक्सले विगत ४५ वर्षदेखि विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय तथा घरेलु सि.जी. ब्रान्डहरूका साथमा नेपालीहरूको जीवनलाई छोइराखेको छ । सि.जी. इलेक्ट्रोनिक्सले विभिन्न प्रकारका उपभोक्ता टिकाउ उत्पादनहरु उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै,  ई.ओ.एल. प्रा. लि., सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको सहयाक कम्पनीले २०१७ देखि प्रिमियम गुणस्तरका विद्युतीय उत्पादनहरू जस्तै फ्यान, सेमी–मोड्युलर स्विचहरू, एम.सि.बि., होल्डरहरू र रुम हिटर, वाटर हिटर र गिजरहरु  प्रतिष्ठित ब्रान्ड केन्ट भारत ब्रान्डका उत्पादनहरू मार्केटिङ र वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit