विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालको प्रसिद्ध इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकलाई केही नयाँ सोचौँ, नयाँ गरौँ र नयाँ नै रोजौँ भन्ने मूल सन्देशका साथ ‘नयाँ सोचौँ, सिजी रोजौँ’ भन्ने नयाँ वर्षको उपहार योजना ल्याएको छ ।

यस उपहार योजना अन्तर्गत सिजी तथा सिजी मेरिडियाको उत्कृष्ट उत्पादनको नवीनतम प्रविधि एवम् गुणस्तरका साथ विशेष ग्राहकका लागि ‘५८ हजार ८०० रुपैयाँ’सम्मको आकर्षक ‘क्यासब्याक’ तथा अन्य विभिन्न ‘पक्का उपहार’ समेत उपलब्ध रहेको छ । आधुनिक प्रविधिको उत्कृष्ट गुणस्तरका सामान सँगै नेपालको आफ्नै ब्राण्ड सिजीको विश्वास पाई ग्राहकवर्गले नयाँ वर्षमा एक नयाँ सुरुवात गर्दै उत्सव मनाउन सक्ने कम्पनीको भनाइ छ ।

उपहार योजना अन्तर्गत सिजीका एलइडी टिभी, गुगल टिभी, एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र सोकेस तथा माइक्रोवेभ ओभनहरु रहेका छन् । 
कम्पनीका अनुसार एलइडी टिभी, अडियो सिस्टम, रेफ्रिजरेटर, सोकेस, चेस्ट फ्रिजर, एयर कुलर, र भ्याकुम क्लिनरमा क्यासब्याक अफर राखेको छ । ६५ इनच र ७५ इनचकोे गुगल टिभीमा क्यासब्याक लगायत २.१ स्पिकर उपहार रहेको छ ।

त्यसैगरी सेमिअटोमेटिक तथा टप लोड वाशिङ मेशिनमा क्यासब्याक लगायत ३ लिटर एरियल वासिङ लिक्विड र फ्रन्ट लोडमा क्यासब्याक लगायत ६ केजीको एरिएल वासिङ पाउडर उपहार रहेको छ । माइक्रोवेभ ओभनको खरिदमा क्यासब्याक लगायत कुकिङ किट उपहार पाइने छ । डिशवाशरमा क्यासब्याक लगायत डिशवाशर किट र एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत निःशुल्क जडानको सुविधा लिन सकिने छ ।

साथै शून्य प्रतिशत इएमआई, सिजी लायल्टी क्लब रिवार्ड र पुरानो इलेक्ट्रोनिक्स् सामानसँग नयाँ सिजीको सामान साट्न सकिने सुविधा पनि छ । यो योजना चैत २१ गतेदेखि लागु गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३