विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चालू आर्थिक वर्ष (२०७८/७९) मा राष्ट्रिय प्रसारण प्रणालीमा १६ सय मेगावाटका विद्युत विद्युत आयाेजना राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिने भएका छन् । अहिले निर्माणाधीन विद्युत आयाेजना सम्पन्न भई अबकाे ११ महिनाभित्रमा प्रसारण प्रणालीमा थपिन लागेका हुन् ।

निर्माण अन्तिम चरणमा पुगी विविध कारणले गत आर्थिक वर्षमा आउन नसकेका तथा विद्युत खरिद सम्झाैता (पिपिए) अनुसार विद्युत उत्पादन गर्ने गरी निर्माण भइरहेका आयाेजना चालू वर्षमा प्रणालीमा जाेडिने प्रक्षेपण नेपाल विद्युत प्राधिकरणले गरेकाे छ । प्राधिकरणका अनुसार चालू वर्षकाे सुरुवातमै माथिल्लाे तामाकाेसी जलविद्युत आयाेजनाका ४ वटा युनिटकाे उत्पादन प्रणालीमा आइसकेकाे छ ।

तामाकाेसीका तेस्राे, चाैंथाे, पाँचाैं र छैटाैं युनिट गरी ३०४ मेगावाट विद्युत प्रणालीमा आइसकेकाे छ । पहिलाे र दाेस्राे युनिटबाट भने गत आवकाे असारमा उत्पादन सुरु गरिएकाे हाे । अहिले तामाकाेसीका ६ वटै युनिटबाट पूर्ण क्षमतामा परीक्षण उत्पादन भइरहेकाे छ ।

यस्तै,  चालू आर्थिक वर्षभित्र १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटकाे  सान्जेन, १४.९ मेगावाटको माया खोला, १४ मेगावाटको घारखोला, ७ मेगावाटको सुरी खोला, ११ मेगावाटको तल्लो खारेखोला, ५ मेगावाटको तादी खोलाको विद्युत प्रणालीमा जोडिने पनि प्राधिकरणले जनाएकाे छ ।

८६ मेगावाटको सोलु दुधकोसी, ८२ मेगावाटको तल्लो सोलु, १२ मेगावाटको दोर्दी–१ र बजाङको कालंगा बेसीनमा निर्माणाधीन ६४.४९ मेगावाटका ३ जलविद्युत आयोजनालगायतबाट विद्युत उत्पादन सुरु हुनेछ । यी आयोजनाको काम अन्तिम चरणमा पुगेका छन् । चालू वर्षमा प्रसारण प्रणालीमा जोडिने अहिले निर्माणाधीन केही सौर्य विद्युत आयोजना पनि छन् ।

चालू आर्थिक वर्ष सुरु भएदेखि माथिल्लो तामाकोसीसँगै २५ मेगावाटको सिंगटी खाेलाकाे विद्युत प्रणालीमा जोडिइसकेकाे छ । ७ मेगावाटको सुरी खोला विद्युत उत्पादन सुरु गर्नका लागि परीक्षणकाे चरणमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३