विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनी लिमिटेडको २ वर्षको घाटा २ अर्ब रुपैयाँ नाघेको छ ।

गत दुई आर्थिक वर्षको घाटा २ अर्ब ४० करोड ७९ लाख रुपैयाँ पुगेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीका अनुसार आव २०७७/७८ मा ५३ करोड ४० लाख रुपैयाँ घाटा रहेकोमा त्यो बढेर आव २०७८/७९ मा १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

अार्थिक वर्ष घाटा रकम (रु.) कैफियत
२०७७/७८ ५३ करोड ४० लाख  
२०७८/७९ १ अर्ब ८७ करोड ३९ लाख  
जम्मा २ अर्ब ४० कराेड ७९ लाख  

स्राेत : अप्पर तामाकाेसी हाइड्राे पावर कम्पनीकाे वित्तीय विवरण

कम्पनीले दोलखामा निर्माण पूरा भएको माथिल्लो तामाकोसीको विद्युत बिक्री गरी गत आवमा ७ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको थियो । आयोजनाले २०७८ भदौ २५ गतेदेखि व्यापारिक विद्युत उत्पादन सुरू गरेकाे हाे । असार २१ गते पहिलो युनिटको ७६ मेगावाट, असार २९ गते दोस्रो युनिटको ७६ मेगावाट र बाँकी, ३ सय ४ मेगावाट विद्युत साउनमा प्रणालीमा जोडिएको थियो ।

आयोजनाको विद्युत गोंगरस्थित विद्युतगृहदेखि ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यू–खिम्ती सबस्टेसन पुर्याइएको छ । त्यहाँबाट खिम्ती–ढल्केबर प्रसारण लाइनबाट ढल्केबरस्थित ४००/२२० केभी सबस्टेसनमा पुर्याएको छ ।

यो स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो । सबैभन्दा सुख्खा समयमा दैनिक ४ घन्टा पूर्ण क्षमता (४५६ मेगावाट) मा उत्पादन हुने आयोजनाबाट वार्षिक औसत २ अर्ब २८ करोड १० लाख युनिट उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit