विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागले देशका विभिन्न जिल्लामा पहिचान भएको ७ हजार मेगावाटका जलविद्युत आयोजनाको अध्ययन गरिरहको छ । विभागले २७ अर्ध–जलाशय युक्त, जलाशय युक्त  र  नदी प्रवाही जलविद्युत आयोजनाको अध्ययन गरिरहेकाे हाे ।

विभागका अनुसार ७ हजार १ सय १४ मेगावाटका आयोजना अध्ययनका विभिन्न चरणमा छन् । यी आयोजनामध्ये १०९९.८२ मेगावाटका ८ वटा अर्ध–जलाशय युक्त जलविद्युत आयोजना छन् ।

यस्तै, ५६२४ मेगावाटका ११ वटा जलाशय युक्त आयोजना र ३९०.५२ मेगावाटका ८ वटा नदी प्रवाही जलविद्युत आयोजनाको अध्ययन भइरहेकाे छ । अध्ययनरत जलाशय आयोजनामध्ये सबैभन्दा ठुलो १७२० मेगावाटको ठोसे खिम्ती सिवालय जलाशय जलविद्युत आयोजना रहेको छ । विभागले अध्ययन गरिरहेकाे आयाेजनामध्ये सबैभन्दा ठुलाे  यो आयोजना रामेछाप जिल्लामा अध्ययन भइरहेको छ ।

९७८ मेगावाटको सुनकोसी–२, ६८३ मेगावाटको सुनकोसी–३, ६० मेगावाटको कन्काई मल्टी पर्पोज, ६२० मेगावाटको कालीगण्डकी मल्टी पर्पोज, ११० मेगावाटको कोखजोर, ४७० मेगावाटको भारभुङ, ३५० मेगावाटको तल्लो बडीगाड, ५०३ मेगावाटको कालीगण्डकी–२, ८० मेगावाटको मनाहरी र ६० मेगावाटको सेर्पु दाहा–सानी भेरी पम्प जलाशय आयोजनाको अध्ययन गरिरहेको विभागले जनाएकाे छ ।

विभागले ८ अर्ध–जलाशय युक्त आयोजनाको अध्ययन गरिरहेको छ । ६३ मेगावाटको हुम्ला कर्णाली, ६.७ मेगावाटको हिमा खोला, ५२ मेगावाटको सुपर बुढीगण्डकी, ४२ मेगावाटको मर्स्याङदी–३, १२८ मेगावाटको डाडागाउँ खलंगा, ३५ मेगावाटको तिला, ६३७.१२ मेगावाटको हुमा कर्णाली क्यासकेड र १३६ मेगावाटको मुगु कर्णालीको अध्यय गरिरहेको छ ।

अध्ययनरत नदीप्रवाही आयोजनामध्ये सबैभन्दा ठुलाे ८६ मेगावाटको मादी सीती जलविद्युत आयोजना रहेको छ । विभागले यो आयोजना लमजुङमा अध्ययन गरिरहेको छ । यस्तै, हुम्लामा १६ मेगावाटको कवाडी–१ र २५ मेगावाटको मध्य इंखु खोला जलविद्युत आयोजनाको अध्ययन गरिरहेको छ ।

 ६० मेगावाटको यान्मा खोला, ६२ मेगावाटको माथिल्लो चलेलिया, ३८ मेगावाटको माथिल्लो होंगु, ४३.५२ मेगावाटको टोम डोगर (बुढी गण्डकी) र ६० मेगावाटको स्यार खोला जलविद्युत आयोजनाको अध्ययन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३