विद्युत अपडेट

  • प्राधिकरण : ८७७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६५४ मे.वा.घन्टा
  • आयात : १४९ मे.वा.घन्टा
  • निर्यात : ९५६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५५२८४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७०९ मे.वा.
२०८२ साउन १, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा प्रस्तावित २.९ मेगावाटको माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनाको बिजुली प्रवाह गर्न प्रसारण लाइन निर्माण गरिने भएको छ । आयोजना प्रवर्द्धक मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ३३ केभीको ३.६८ किलोमिटर लामो सिङ्गल सर्किट प्रसारण लाइन निर्माण गर्न अनुमति माग्दै विद्युत् विकास विभागमा आवेदन दिएको हो ।

विभागका अनुसार माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनाको स्विचयार्डदेखि सोही गाउँपालिकामा रहेको ४ मेगावाटको सार्दी खोला जलविद्युत् आयोजनाको स्वीयार्डसम्म उक्त लाइन निर्माण गर्ने प्रस्ताव गरिएको छ । 

लाइनअन्तर्गत २२ देखि ९४ मिटरको दूरीमा ११ मिटर अग्ला ७८ वटा टुबुलर पोलहरू रहने छन् । प्रसारण लाइन निर्माणको काम ६ महिनाभित्र पूरा गर्ने प्रस्ताव गरिएको छ ।

उक्त प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा कुनै उल्लेखनीय प्रतिकूल वातावरणीय प्रभाव पर्ने देखिए ३५ दिनभित्र लिखित राय सूझाव उपलब्ध गराउन आग्रह गर्दै विभागले सोमबार सूचना जारी गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३