images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्लो समय निजी ऊर्जा उत्पादहरूको आकर्षण सौर्य विद्युत उत्पादनतर्फ बढ्दै गएसँगै यसबाट उत्पादित विद्युतको परिणाम पनि थपिँदै गएको छ । जलविद्युत भन्दा कम लागत तथा छोटो समयमा निर्माण गर्न सकिने हुँदा उत्पादकहरूको आकर्षण सौर्य ऊर्जातर्फ बढ्दै गएको हो ।

ऊर्जा उत्पादहकहरूको आकर्षण बढ्दै गएसँगै ७०७.६ मेगावाटको सौर्य आयोजनालाई अध्ययन अनुमतिपत्र वितरण गरेकाे विद्युत विकास विभागले जनाएको छ । विभागका अनुसार विद्युत उत्पादनका लागि उक्त क्षमताका ४० सौर्य आयोजनालाई अध्ययन अनुमतिपत्र दिइएको हो ।

अध्ययन अनुमति पाएका आयोजनाहरूमा १ मेगावाटदेखि २५० मेगावाटसम्मका रहेका छन् । अनुमतिपत्र पाएका आयोजनाहरूमध्ये सबभन्दा ठुलो २५० मेगावाटको कोहलपुर–बानगंगा र सबभन्दा सानो १.२ मेगावाटको बिरेन्द्रनगर सुर्खेत सौर्य आयोजना रहेको छ ।

यसैगरी, ४० मेगावाटको अत्तरिया, भूरीगाउँ र कोहलपुर सौर्य आयोजनाले अनुमतिपत्र पाएको विभागको तथ्यांकमा उल्लेख छ । साथै, ३० मेगावाटको पहलमानपुर, २५ मेगावाटको नेपालगञ्ज र गुलरिया सौर्य आयोजनाले अनुमतिपत्र पाएको छ ।

१५ मेगावाटको धारामनगर सोलार फार्म–२ लगायत अन्य ३१ सौर्य आयोजनालाई अध्ययन अनुमतिपत्र दिएकाे  विभागले जनाएकाे छ । हालसम्ममा सौर्य आयोजनाको जडित क्षमता झन्डै ९० मेगावाट पुगेको छ । निजी क्षेत्रबाट ६१ मेगावाट र प्राधिकरणको तर्फबाट २६ मेगावाट  सौर्य आयोजना प्रणालीमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit