विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ का देव तामाङले मःम पसल सञ्चालन गर्दै आएको पाँच वर्ष भयो । वडा–५ को किल्लामा पसल सञ्चालन गर्दै आएका उनले गाउँमा विद्युत्‌को सुविधापछि आम्दानी पनि बढेको सुनाए ।

यसअघि सोलार विद्युत्‌काे उपयाेग गरी मःम बनाउने र विभिन्न सामान तयारी गर्दा घाम लाग्ने समयमा मात्रै मेसिन चल्दा कहिलेकाहीँ अप्ठ्यारो हुने भए पनि अहिले केन्द्रीय विद्युतीकरणको सेवा विस्तारले निकै सहज भएको उनको भनाइ छ । ‘अहिले बत्तीको उपभोग गर्न पाएपछि सामान तयार गर्न र फ्रिजमा राख्न सजिलो भएको छ’, उनले भने ।

रोशी गाउँपालिका घर भइ महाभारत गाउँपालिका–५ मा टेलरिङ व्यवसाय सञ्चालन गर्दै आएका महेश सुन्दासले पनि बत्तीको सुविधाले काममा सहज भएको बताए । बत्तीको सुविधापछि मेसिन चलाएर चाँडो काम गर्न सकिएको उनले सुनाए ।

केन्द्रीय प्रसारण लाइन पुगेपछि वडा–५ चारकिल्लाका कान्छामान ग्लानले गाउँमा नै कुटानी÷पिसानी मिल सञ्चालन सुरु गरेका छन् । आफूले सुरु गरेको सो व्यवसायले गाउँमा पनि सुविधा पुगेको उनले बताए । गाउँमा नै मिल सञ्चालमा आएपछि मकै, कोदो, फापर र गुहँलगायत तोरी र सरस्यूँ पेल्नका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ । यसअघि कुटनीपिसनी तथा तोरी पेल्नका लागि भकुण्डे र बनेपासम्म पुग्नुपर्ने बाध्यता थियो ।

महाभारत–४ कलवानका स्थानीय दीपेश लामा र वडा–३ का दिलकुमार आले मगरले बत्ती पुगेपछि विद्यार्थीको पढाइमा सहयोग पुगेको बताए । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले मुलुक संघीय संरचनामा गएपछि विकट बस्तीमा विद्युत् र सडक सञ्जाल पुर्‍याउन स्थानीय जनप्रतिनिधिले खेलेको भूमिका महत्वपूर्ण भएको बताए ।

नेपाल विद्युत् प्राधिकरणको आयोजना तथा विश्व बैंकको लगानीमा २०७७ सालबाट सुरु भइ महाभारत गाउँपालिकालाई २०८१ मा पूर्ण विद्युतीकरण भएको पालिका घोषणा गरिएको थियो । ‘पहिले टुकी बत्तीदेखि केही ठाउँमा साना लघुजलविद्युत् र सोलारमा आश्रित यहाँका स्थानीय केन्द्रीय प्रसारण लाइन विस्तारपछि खुसी भएका छन् । 

अहिले गाउँमा योजनाबद्ध विकासका आयोजना अघि बढाइएको उल्लेख गर्दै उनले डेढ वर्षभित्र कालोपत्र सडकको पनि पहुँच विस्तार हुने बताए । साथै खानेपानी, मुख्य सडकदेखि वडाहरु जोड्ने साना सडक निर्माण र कृषि उत्पादनका लागि कफी पकेट क्षेत्र घोषणा गरिएको उनको भनाइ छ । यसका लागि पालिकाले आवश्यक सहजीकरण गरिरहेको उनले बताए ।

पूर्ण विद्युतीकरण घोषणाका अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अब काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकाले काभ्रेको कर्णाली भनिरहनुपर्ने स्थिति नरहने अवस्था बनाउने बताएका थिए ।

विकटका बस्तीलाई विकासको मूल प्रवाहमा ल्याउन आवश्यक विद्युतीकरणको काम भइरहेको र सडक सञ्जालले जोड्नका लागि जनमुक्ति मार्ग निर्माणको अभियान तीव्र गतिमा भइरहेको उनको भनाइ थियो । मन्त्री बस्नेतले महाभारत गाउँपालिकालाई गत जेठ ३१ गते पूर्ण विद्युतीकरण पालिका घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३