विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) को ३७ औँ सम्मेलन काठमाडौँमा सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र परिसंघले संयुक्त रुपमा आयोजना गरेको उक्त सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले एसिया प्यासिफिक क्षेत्रको सदस्यको रूपमा रहेको नेपालका लागि क्षेत्रीय व्यापार लगानी र संजाल निर्माणमा सम्मेलन कोशेढुंगा विश्वास व्यक्त गरेका छन् । उनले नेपालमा लगानीको वातावरण सकारात्मक रहेकाले सम्मेलनमा सहभागि उद्यमी व्यवसायीलाई एसिया प्रसान्त क्षेत्रको लगानी ल्याउन आग्रह पनि गरे । 

कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुुराम भट्टराईले बढ्दो मध्यम वर्ग, उदीयमान उपभोक्ता बजार नेपालको सवल पक्ष रहेको  भन्दै्र खुद्रा, उपभोग्य वस्तु र सेवालगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको वताए । यूवा जनसंख्याको बाहुल्यता रहेको नेपालमा लगानीको ठूलो अवसर रहेकाले क्यासी जस्ता मञ्चमार्फत लगानी, प्रविधि र विकासका अनुभव ल्याउन हाम्रो प्रयास हुनु पर्ने धारणा उनले राखे ।  

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा रहेको अवसरलाई सदुुपयोग गर्न सम्मेलनका सहभागीलाई आग्रह गरे । नेपालमा नविकरणीय ऊर्जा, पर्यटन, पूर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रमा रहेको अपार सम्भावनाको सदुुपयोग गर्दै यस क्षेत्रका जनताको जीवनस्तर सुधारमा क्यासी जस्ता संस्थाको अर्थपूर्ण सहयोग नेपालले खोजेको बताए ।    

सम्मेलनको प्रारम्भमा स्वागत मन्तव्य दिँदै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगोपना, उद्यमशीलता र व्यापार, एशिया–प्रशान्त क्षेत्रको समृद्ध भविष्य सिर्जना गर्ने आधार रहेको बताए ।  

दुई उदयीमान अर्थतन्त्रहरु चीन र भारतको बीच अवस्थित नेपाल एशिया प्रशान्त क्षेत्रका उद्यमीका लागि आकर्षक लगानी गन्तव्य हुने उनको धारणा थियो । एशिया प्रशान्त क्षेत्रका उद्यमी व्यवसायी, लगानीकर्ता, नीति निर्माता, सरकारी र निजी क्षेत्रको सहभागिता रहेको यो सम्मेलन नेपालका लागि थप सहयोगी हुने धारणा उनको थियो । 

यसैगरी नेपालको जलविद्युत, पर्यटन, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा लगानीको अवसर रहेको वताए ।

पर्यटन पुर्वाधारहरु होटल, केवलकार, थिम पार्क उच्च प्रतिफल दिने क्षेत्र रहेको उनको भनाइ छ । भारत र बंगलादेशमा नेपाली विद्युत निर्यातको सम्भावना बढदै गएकाले यस क्षेत्रमा लगानी गर्न पनि उनले आग्रह गरे ।

क्यासीका उपाध्यक्ष एवं महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले नेपालले दोस्रो पटक सम्मेलन आयोजना गर्न पाएकोमा खुसी प्रकट गरे । दीगो एव वातावरण मैत्री उद्यमशीलता विकास, आर्थिक विकासका अनुुभव आदान प्रदान गर्न र हाम्रा आर्थिक सम्बन्धहरु विस्तार गर्न सम्मेलन ऐतिहासिक हुने दावी उनको थियो ।  

क्यासीका अध्यक्ष पिटर म्याकमुलिन एमले क्यासीको ३७ औँ सम्मेलन नेपालको विकास प्रयासमा सहयोगी हुने विश्वास दिलाए । नेपालमा लगानी, प्रविधि र विकास मोडललाई आकर्षण गर्न सम्मेलन कोशेढुंगा हुने उनले बताए ।  

समुद्घाटन कार्यक्रममा धन्यवाद मन्तव्य दिँदै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सम्मेलनले एकता, सहयोग र समृद्ध भविष्यको लागि साझा दृष्टिकोण तय गर्ने विश्वास व्यक्त गरे । सम्मेलनले दिने निश्कर्ष नेपाल लगायत एशिया प्रशान्त क्षेत्रकै समृद्धिको लागि महत्वपूर्ण हुने दावी गरे ।  

परिसंघ, एशिया प्रशान्त क्षेत्रभित्रका २६ देशका २८ वटा राष्ट्रियस्तरका उद्योग वाणिज्य महासंघ/संघहरुको छाता संस्था हो । सम्मेलन मंगलबारसम्म चल्ने छ । सम्मेलनको मुख्य थिम ‘चेम्वर्स अफ कमर्स हेल्पिङ विजनेश गेट सेट फर द फ्यूचर’ रहेको छ । सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा आयोजना भएको हो ।

विश्व आर्थिक मञ्चमा राम्रो पहिचान बनाउन सफल यस संस्थाको यसअघि २६ औं सम्मेलन महासंघको आयोजनामा काठमाडौंमा सम्पन्न भएको थियो ।

यस सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रबाट सदस्य राष्ट्रका ६० भन्दा बढी व्यसायिक नेताहरु र नेपालका प्रतिष्ठित उद्यमी व्यवसायीहरु, सरकारी प्रतिनिधिहरु समेत गरी करिव २ सयभन्दा बढीको सहभागिता रहेको छ । 

सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशिलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय सञ्जाल विस्तार, एसिया–प्रशान्त क्षेत्रमा विकासका अवसर र चुनौती लगायतका महत्वपर्ण विषयहरुमा दुई दिनसम्म एशिया प्रशान्त क्षेत्रका निजी क्षेत्र, विकास साझेदार, दातृ निकाय तथा सरकारी प्रतिनिधिहरु र नीति निर्माताहरुले विचार विमर्श गर्ने छन् । 

निजी क्षेत्रको प्रतिनिधिमुलुक संस्था नेपाल उद्योग वाणिज्य महासंघ यस संस्थाको संस्थापक सदस्य हो । सन् १९६६ मा स्थापना भएको क्यासी एसिया–प्रशान्त क्षेत्रभित्रका व्यवसायिक संस्थाहरूलाई एकताबद्ध गर्दै यसका सदस्य राष्ट्रहरू बीच आर्थिक सहयोग, व्यापार र लगानी प्रवद्र्धनमा एक सक्रिय साझा मञ्चकोे रूपमा कार्य गर्दै आएको छ । 

यसको बलियो संजाल र सशक्त पहलहरू मार्फत उद्यमशीलता, दिगो विकास र सीमापार व्यापार सहजीकरणलाई समर्थन गर्ने नीतिहरूको पैरवीमा महत्वपूर्ण भूमिका खेल्दै आएको 
छ । 

संस्थाले नियमित सम्मेलनहरू, सेमिनारहरू र व्यापार फोरमहरू आयोजना गरी सदस्यहरूलाई छलफलमा संलग्न हुन, विचार आदानप्रदान गर्न, र साझेदारी र लगानीका अवसरहरूको अनुसन्धान गर्न साझा प्लेटफर्म समेत प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit