विद्युत अपडेट

  • प्राधिकरण : ८५७८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४१७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४४८४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२९५३ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६७३२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६७ मे.वा.
२०८३ असोज २६, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ८६ पैसा र डिजल लिटरमा ३४ पैसा बढेर आएको छ ।

खाना पकाउने ग्यास एलपी ग्यास र मट्टीतेलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । आईओसीले हरेक १५/१५ दिनमा मूल्य सूची पठाउने गरेको छ । सोही अनुसार नेपाल आयल निगमले नेपालमा मूल्य घटाउने वा बढाउने गरेको छ ।

निगमले गत जेठ ३ गतेदेखि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ । आईओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएपछि निगमले डिजेल र मट्टितेलकाे मूल्य घटाएकाे थियाे ।

अहिले निगमले पेट्रोल प्रतिलिटर १७५ रुपैयाँले बिक्री गरीरहेको छ । यस्तै, डिजेल/मट्टिलेत प्रतिलिटर १५५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३