विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
अबकाे १० वर्षमा २८५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य निर्धारण

काठमाडौँ । सरकारले ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत साता पेश गरेको उक्त मार्गचित तथा कार्ययोजना मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । योसँगै हाल करिब ३ हजार ४ सय मेगावाट रहेको नेपालको विद्युत् उत्पादनको जडित क्षमता सन् २०२५ देखि २०३५ सम्ममा २८ हजार ५०० पुर्‍याई प्रसारण र खपत गर्ने १० वर्षे कार्ययोजनाको कार्यान्वयन अवधिसमेत सुरु भएको छ । 

ऊर्जा उत्पादन, प्रसारण, वितरण तथा खपतलाई समेटेर ल्याइएको मार्गचित्र तथा कार्ययोजनामा समेटिएको लक्ष्य प्राप्त गर्न ४६ अर्ब अमेरिकी डलर बराबर लगानी गर्नुपर्ने अनुमान गरिएको छ । यो लगानी जुटाइ लक्ष्य पूरा गर्न जुनसुकै मोडेल लगानी गर्न चाहने स्वेदशी तथा विदेशी लगानीकर्तालाई पनि यस क्षेत्रमा आकर्षण गरिने योजना बनाइएको छ । 

ऊर्जा विकासको लक्ष्य पूरा गर्न विद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै स्वदेशी तथा विदेशी लगानीकर्तालाई सहजीकरण गर्ने योजना बनाइएको छ । 

कुल ८० बुँदामा समेटिएको मार्गचित्र तथा कार्ययोजनाले उत्पादित विद्यूत् मध्ये १५ हजार मेगावाट निर्यात गर्ने र १३ हजार ५ सय मेगावाट देशभित्र खपत गर्ने लक्ष्य राखेको छ । यसका लागि आवश्यक प्रसारण लाइन तथा सबस्टेशनहरु निर्माणको योजना समेत समेटिएको छ । 

नेपालले भारतमा १० वर्षभित्र १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भइसकेको छ । त्यस्तै, बंगलादेशमा पनि सन् २०४० सम्ममा नेपालसहित केही देशबनाट सन् २०४० सम्म ९ हजार मेगावाट आयात गर्ने लक्ष्य राखेको छ । हालै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु भइसकेको छ । 

यस्तो पृष्ठभूमिमा महत्वाकांक्षी नै देखिए पनि उक्त मार्गचित्र तथा कार्ययोजना कार्यान्वयन भए नेपालको ऊर्जा विकासले निकै ठूलो फड्को मार्ने विश्वास गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३