विद्युत अपडेट

  • प्राधिकरण : ८८३८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३७८०३ मे.वा.घन्टा
  • आयात : ४०५ मे.वा.घन्टा
  • निर्यात : १६७९८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६०७५२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६०१ मे.वा.
२०८२ साउन ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील कर्मचारी संघको १३औँ महाधिवेशन सम्पन्न भएसँगै टंकप्रसाद अधिकारीको नेतृत्वमा नयाँ पदाधिकारी तथा कार्यसमितिको चयन भएको छ ।

आइतबार सम्पन्न महाधिवेशनमा अध्यक्षका प्रत्यासी अधिकारीले ३७४ मत पाएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी महेश्वरदत्त पनेरुले १५१ मत प्राप्त गरेका छन् । यस्तै, सहअध्यक्षमा नवराज कडेरियाले ३०९ मत ल्याएर विजयी हुँदा अर्का प्रतिस्पर्धी सन्तोष गौतमले २१९ मत पाएका छन् ।

यसैगरी, वरिष्ठ उपाध्यक्ष खुलामा अर्जुनकुमार माझी (२८१ मत), जगदिश साह (२७८ मत) र रामशरण उप्रेती (३७३ मत) विजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष महिलामा सुजना काफ्ले निर्विरोध निर्वाचित भएको संघले जानकारी दिएको छ ।

वरिष्ठ उपाध्यक्ष मधेशीमा ३४० मत ल्याएर फिरोज आलम निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्ष आदिबासी/जनजाति, दलित/अपाङ्ग र पिछडिएको क्षेत्रबाट फुर्पा संगे लामा निर्विरोध निर्वाचित भएका छन् । यस्तै, अन्य उपाध्यक्षमा अग्निप्रसाद खरेल, धुव्रराज न्यौपाने, रमेशप्रसाद दाहाल, सविन कार्की र सञ्जिव श्रेष्ठ विजयी भएका छन् ।

उता, भौगोलिकरूपमा कोसी प्रदेशबाट विजय सिवाकोटी, मधेश प्रदेशबाट सुधिरकुमार कर्ण, बागमती प्रदेशबाट अशोककुमार बर्तौला, गण्डकी प्रदेशबाट शैलेन्द्र भट्ट, लुम्बिनी प्रदेशबाट दुर्गाप्रसाद जैशी विजयी भएका छन् । कर्णाली प्रदेश उपाध्यक्षमा जयप्रसाद पाण्डे र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा जगदिशबहादुर चन्द निर्विरोध चयन भएको जनाइएको छ ।

महिला उपाध्यक्ष २ जनामा लक्ष्मी क्षेत्री विनयी र संगीताकुमारी झा तथा उपाध्यक्ष मधेशीमा राम एकवाल राय विजयी भएका छन् । जनजाति तथा पिछडिएको क्षेत्रको उपाध्यक्षमा सञ्जय जोशी निर्विरोध चयन भएका छन् ।

यसैगरी, महासचिवमा धिमन्तराज न्यौपाने (३११), उपमहासचिवमा मिलन केसी, प्रकाश देवकोटा, रविन कार्की, उमाकान्त गौतम तथा उपमहासचिव महिलामा एलिजा दाहाल र देवीमाया कोइराला विजयी भएका छन् । उपमहासचिव मधेसीमा सुशीलकुमार यादव विजयी हुँदा आदिवासी तथा पिछडिएको क्षेत्रको महासचिवमा कृष्णबहादुर जिरेल निर्विरोध चयन भएका छन् ।

संघको नयाँ कोषाध्यक्षमा लक्ष्मी पराजुली विजयी तथा सहकोषाध्यक्षमा अमृता भण्डारी निर्विरोध चयन भएकी छन् । संघका अनुसार केन्द्रीय सदस्य खुलामा १६ जना तथा प्रदेश केन्द्रीय सदस्य १४ जना महाधिवेशनबाट विजयी भएर आएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३