विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवको निर्देशनपछि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको विद्युत महसुल संकलन काउन्टर बन्द भएको छ । जिल्लामा कोरोना (कोभिड–१९) को नयाँ भेरियन्टको तीव्र गतिमा बढेको भन्दै महसुल काउन्टर पनि नखोल्न निर्देशन आएपछि बन्द गरिएको हो ।

अब अर्को आदेश नहुन्जेलसम्मका लागि विद्युत महसुल काउन्टर नखुल्ने वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए । वितरण केन्द्रले यसअघि बैंक खुल्ने दिन सातामा आइतबार, मंगलबार र बिहीबार महसुल काउन्टर पनि खुलाउने निर्णय गरेको थियो ।

‘हामीले बैंक खुल्ने दिनअनुसार नै महसुल काउन्टर पनि बिहान ८ देखि १२ बजेसम्म साताको ३ दिन खुलाएका थियौं,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालयबाट नखोल्न् भन्ने निर्देशन आएपछि फेरि बन्द गर्यौं ।’ उनले महसुल काउन्टर बन्द भए पनि अनलाइनमार्फत घरबाटै विद्युत महसुल भुक्तानी गर्न ग्राहकसमक्ष आग्रह गरे ।

वितरण केन्द्रले घरायसी ग्राहकको घर–घरमा गएर मिटर रिडिङ गर्ने कार्य समेत बन्द गरेको छ । ग्राहकबाट बैशाख महिनामा खपत भएको युनिटलाई नै आधार मानेर बिल काट्ने गरी मिटर रिडिङ कार्य बन्द गरिएको हो । थ्रीफेज, टिओडी र औद्योगिक ग्राहकको मिटर रिडिङ कार्य भने यथावत राखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३