विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चितवन जिल्लाको उच्च पहाडी अर्थात् १४०० मिटर उचाईको क्षेत्रका करिब साढे २ सय घरधुरीमा बिजुली बालिएको छ । सामुदायिक विद्युतीकरण कार्यक्रम अन्तर्गत ती क्षेत्रमा बिजुली बालिएको हो ।

जिल्लाको इच्छा–कामना गाउँपालिका ५ अन्तर्गत चण्डीभञ्ज्याङका चनौटदेखि ढाला, पाङ्गडे, ढुंग्रेसम्मका क्षेत्रमा विद्युतीकरण गरिएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहले बताए ।

‘स्थानीयका लागि आवश्यक मिटर प्राधिकरणले उपलब्ध गराउनेछ, चोरी गरेर बिजुली बाल्नुभएन,’ सिंहले विद्युतीकरण शुभारम्भ कार्यक्रममा भने, ‘सुरक्षित रहेर सुरक्षित तरिकाले विद्युत् उपभोग गरौं र खपत बढाऊँ ।’ स्थानीयस्तरमा स्थापना गर्न सकिने कलकारखाना खोल्न आग्रह गर्दै सिंहले त्यसका लागि प्राधिकरणले आवश्यक विद्युत् उपलब्ध गराउने बताए ।

मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको विद्युतीकरण शुभारम्भ कार्यक्रममा संघीय सांसद कृष्णभक्त पोखरेल, गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको उपस्थिति थियो । अध्यक्ष गुरुङले प्राधिकरणको प्रयासले बिजुली बाल्न सकिएको र यसले गाउँलेको जीवनपद्धतिमा परिवर्तन ल्याउने बताइन् ।

प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतको सामुदायिक विद्युतीकरण विभागबाट ठेक्का भई विद्युतीकरण सम्पन्न भएको पनि सिंहले जानकारी दिए । उनका अनुसार विद्युतीकरण गरिएको ठाउँमा १००/१०० केभिएका दुई वटा ट्रान्सफर्मर जडान गरिएको छ ।

शुभारम्भ कार्यक्रममा सबै राजनीतिक दलका गाउँ कमिटि अध्यक्षहरू तथा भरतपुर वितरण केन्द्रका सबै प्राविधिकहरूको उपस्थिति थियो । निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने र सामुदायिक विद्युतीकरण महासंघका अध्यक्ष नारायण ज्ञवाली समेत सहभागी हुने कार्यक्रम रहे पनि मौसमको प्रतिकूलताका कारण उपस्थित हुन नसकेको केन्द्रले जानकारी दियो ।

उक्त गाउँपालिकाको सामुदायिक क्षेत्रमा पर्ने २, ३ र ५ नम्बर वडामा विद्युतीकरण हुन बाँकी छ । २ नम्बर वडाको काउलेमा विद्युतीकरणका लागि ठेक्का भई काम भइरहेको सहकारी संस्थाका व्यवस्थापक कुमार श्रेष्ठले बताए ।

उनका अनुसार तोबाड, वडा नम्बर ७ को सिराइतुली, ज्यानडाला, चण्डीभञ्ज्याङको ताल्ची, तुल्चे लगायत क्षेत्रमा विद्युतीकरण हुन बाँकी छ । यस्तै, सोही गाउँपालिकाको प्राधिकरणको क्षेत्रअन्तर्गतका २ नम्बरका केही ठाउँ, ३ र ४ नम्बर वडामा पनि विद्युतीकरण हुन बाँकी छ । त्यस क्षेत्रमा पिछडिएको समुदाय चेपाङ तथा गुरुङ, मगरलगागत जातजातिको बासोबास रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit