विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले साउन यता ११ पटक इन्धनको मूल्य समायाेजन गरेकाे छ । कोरोना (कोभिड–१९) महामारीका कारण विश्वभर लकडाउन तथा निशेधाज्ञा लागेका बेला सस्तिएको इन्धनको मूल्य चालू आर्थिक वर्ष सुरु भएदेखि निरन्तर बढ्ने गरी मूल्य समायाेजन गरिएकाे हो ।

निगमले फागुनसम्म ९ महिनाको अवधिमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य हरेक २ सातामा समायोजन गरेको छ । जसमा पेट्रोलको मूल्य ९ पटकसम्म बढेको छ । २ पटक मूल्य स्थिर राखिएको छ ।

भारतीय आयल कर्पोरेशन (आइओसी) सँग इन्धन खरिद गर्दै आएको निगमले यो अवधिमा पेट्रोल प्रतिलिटर १४ रुपैयाँ महँगाे बनाएको छ । साउनमा प्रतिलिटर १ सय ४ रुपैयाँ रहेको पेट्रोटको मूल्य अहिले बढेर १ सय १८ रुपैयाँ पुगिसकेको छ । 

निगमले पछिल्लो पटक गत चैत ३ गते पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएर १ सय १८ रुपैयाँ पुर्याएको हो । ९ महिनामा डिजेल र मट्टीतेल पनि ११ रुपैयाँ महंगिएको छ । पछिल्लो मूल्यबृद्धिपछि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । साउनमा १ लिटर डिजेल/मट्टीतेलको मूल्य ९० रुपैयाँ थियो । खाना पकाउने एलपि ग्यास १ पटक २५ रुपैयाँ बढेको छ ।

अहिले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १४ सय रुपैयाँ छ । ग्यासको मूल्य गत माघ २८ गते १३ सय ७५ रुपैयाँबाट बढाएर १४ सय रुपैयाँ पुर्याइएको हो ।आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनको समेत मूल्य बढेको छ । पछिल्लो डेढ महिनामा आन्तरिक हावाई इन्धनको मूल्य ३ पटक बढेको छ । गत फागुन ४ र १७ गते तथा चैत ३ गते आन्तरिक हवाई इन्धनको मूल्य बढाइएको छ । 

पछिल्लो मूल्य सूचीअनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २ रुपैयाँ बढेर प्रतिलिटर ७४ रुपैयाँ पुर्याइएको छ । अन्तर्राष्ट्रियतर्फ भने १ पटक मूल्य बढेको छ ।अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य गत फागुन १७ गते प्रतिकिलो लिटर २५ अमेरिकी डलर बढाएर ८ सय ९३ डलर बनाइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य लगातार बढिरहेकाले स्वचालित मूल्य कार्यविधि २०७१ मा भएको व्यवस्थाअनुसार मूल्य समायोजन गर्दा आन्तरिक बजारमा पनि इन्धन महंगो हुन पुगेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । 

‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य दिनहुँ बढिरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘हामीलाई पनि आइओसीले केही महिनादेखि बढेको मूल्य सूची पठाइरहेको छ । आइओसीबाट आउने मूल्य सूचीका आधारमा निगमले स्वचालित मूल्य लागु गरिरहेको छ ।’

उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम नरोकिएकाले आन्तरिक बजारमा समेत इन्धन अझै महंगो हुनसक्ने बताए । आन्तरिक बजारमा इन्धनको मूल्य निरन्तर बढिरहे पनि निगम अहिले घाटामा रहेको बताए ।

उनका अनुसार पछिल्लो मूल्यबृद्धिपछि पनि इन्धन बिक्रीबाट हरेक १५ दिनमा निगमलाई १ अर्ब २७ करोड ७० लाख रुपैयाँ घाटा छ । पेट्रोलमा प्रतिलिटर ९.३५ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर ५.८० रुपैयाँ र खाना पकाउने एलपि ग्यासमा प्रतिसिलिण्डर ३९२.८२ रुपैयाँ घाटा रहेको निगमको दाबी छ । 

१५ दिनपछि आइओसीबाट आउने नयाँ मूल्य सूचीका आधारमा फेरि आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने उनले बताए । ‘मूल्य समायोजन नगर्ने हो भने निगमको घाटा अझै चुलिन्छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न पनि मूल्य समायोजन गर्नुपर्छ’ उनले भने ।

इन्धनको मूल्य निरन्तर बढिरहँदा यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा परेको छ । इन्धन खरिद गर्दा विदेशिने मुद्रा बढेको छ । निगमले बढेको इन्धनको मूल्य उपभोक्ताबाट असुल्ने हुँदा यसको ठूलो मार सर्वसाधारणमा परेको छ । सार्वजनिक यातायातका साधन तथा हवाई यातायातको भाडा महंगिएको छ । डिजेलको प्रयोग हुने विकास निर्माणका कामको लागत समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit