विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपनि निगमले नेपालमा मूल्य यथावत् राखेको हो ।

स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर आइओसीले हरेक १५ निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । अहिले आइओसीले मट्टितेलबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

आइओसीबाट आइतबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर २.५४ रूपैयाँ, डिजेलमा २.९५ रुपैयाँ, हवाई इन्धनमा ४.१३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ७८.२२ रुपैयाँ आएको छ । मट्टितेलको मूल्य भने घटेर आएको निगमले जनाएको छ ।

अहिलेको मूल्यमा इन्धन बेच्दा एलपीजी ग्याँसमा प्रति सिलिन्डर ३५९.५० रुपैयाँ घाटा रहे पनि समग्रमा भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा भएको नाफाका कारण १५ दिनमा ९९ करोड नाफामा नै रहेको छ ।

निगमलाई १५ दिनमा एलपीजी ग्याँसमा मात्रै ४६ करोड ४४ लाख रुपैयाँ घाटा हुने अनुमान छ । निगमले इन्डियन आयल कर्पोरेसन र सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी १८ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यसअघि निगमले पुस १ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । हाल पेट्रोलको मूल्य प्रतिलिटर १७८, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ रहेको छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १९० रूपैयाँ र बाह्यतर्फ १.६४ अमेरिकी डलर रहेको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १८०० रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit