विद्युत अपडेट

  • प्राधिकरण : ८८५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०८३३ मे.वा.घन्टा
  • निजी क्षेत्र : २५७३५ मे.वा.घन्टा
  • आयात : ३४८६ मे.वा.घन्टा
  • निर्यात : ४५४१ मे.वा.घन्टा
  • ट्रिपिङ : ११५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५००५९ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २३३९ मे.वा.
२०८२ जेठ १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोरोना (कोभिड–१९) महामारीको संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण पेट्रोलिय पदार्थको खपतमा कमी आएको छ ।  उपत्यकासहित निशेधाज्ञा लागु भएका ७० जिल्लामा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लागेकाले पेट्रोल र डिजेलको खपतमा कमी आएको हो ।

अहिले सामान्य अवस्थाको मागको तुलनामा ५० प्रतिशत मात्रै पेट्रोलिय पदार्थको खपत भइरहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । उनका अनुसार पेट्रोलियम खपत घटेपछि आयातमा पनि कमी आएको छ ।

सामान्य अवस्थामा देशभर दैनिक ७ हजार किलोलिटर डिजेल खपत हुँदै आएकोमा निशेधाज्ञा लागेपछि यो ४ हजार किलोटिरमा झरेको छ । पेट्रोलको खपत २५ सय किलोलिटर रहेकोमा अहिले १ हजार किलो लिटरमात्रै भइरहेको छ । डिजेलको अत्याधिक खपत हुने विकास निर्माणका काम प्रभावित भएकाले पनि खपत घटिरहेको हो ।

खपत घटेपछि निगमका डिपो आवश्यकता अनुसार सातामा ३ दिन मात्रै खोल्ने गरिएको  उनले बताए । ‘निशेधाज्ञा लागेपछि माग ह्वातै घटेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘त्यसैले स्थानीय प्रसाशनसँगको समन्वयमा कर्मचारीको संख्या घटाएर आवश्यकता अनुसार पेट्रोलियम वितरण हुने डिपोहरू खोल्ने गरेका छौं ।’

भण्डारणगृहमा माग धान्ने पेट्रोलियम पदार्थ संचित रहेको उनले जानकारी दिए । निशेधाज्ञामा कडाई गरिएमा खपत अझै घट्ने देखिएको छ । 
नियमित आयात भइरहेकाले खाना पकाउने ग्यास पनि पर्याप्त मात्रामा रहेको निगमले जनाएको छ ।

अहिले निशेधाज्ञा मात्रै लागेकाले गत वर्षको लकडाउनको तुलनामा दैनिक खपत केही बढी रहेको निगमले जनाएको छ । गत वर्षको लकडाउनका बेला पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतसम्म घटेको थियो । लकडाउन र निशेधाज्ञा हटेपछि भने खपत क्रमश बढ्दै गएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३