विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार ७, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको सहायक दार्चुला पावर लिमिटेडले निर्माण गरिरहेको २८.३०४ मेगावाटको मध्य–चमेलिया जलविद्युत् आयोजनामा लगानी व्यवस्थापन भएको छ । नेपाल बैंक लिमिटेडको अगुवाइ तथा नबिल बैंक लिमिटेडको सह-वित्तीयकरणमा आयोजनामा लगानीको टुङ्गो लागेको हो ।

बुधबार (जेठ २१ गते) एक कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको उपस्थितिमा आयोजनामा लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा दार्चुला पावरका अध्यक्ष सञ्जिव न्यौपाने र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा मन्त्री खड्काले तोकिएको लागत र समयभित्रै आयोजना पूरा गरी बढी लाभ लिन सुझाव दिए । जति चाँडो बन्यो, त्यति चाँडै बढी फाइदा लिन सकिने हुँदा प्रवर्द्धकले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए । ‘देशमा उपलब्ध स्रोतको अधिकतम सदुपयोग गर्न सरकार सधैँ निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने छ,’ उनले भने ।

सोही कार्यक्रममा ऊर्जा उद्यमी एवम् अपि पावरका संस्थापक गुरुप्रसाद न्यौपानेले देशमा काम गर्ने वातावरण बिग्रिँदै गएको हुँदा राज्यले त्यसको सुनिश्चितता गर्नुपर्ने बताए । ‘बैंक वित्तीय संस्थाले पनि लगानीका क्षेत्रमा जान कन्जुस्याइँ गरेको देखिन्छ,’ उनले भने, ‘पैसा बैंकमा थुपारेर विकास हुँदैन । काम गर्नेका हकमा बैंकहरू दयालु हुनुपर्छ ।’

यसैगरी, दार्चुला पावरका अध्यक्ष न्यौपानेले पनि तोकिएको समय र लागतभित्रै आयोजना पूरा गरेर बिजुली उत्पादन गर्ने प्रतिबद्धता जनाए । ‘हामी अबको डेढ वर्षभित्र आयोजना निर्माण गरिसक्ने छौँ, त्यही अनुसार अहिले काम तीव्र गतिमा भइरहेको छ,’ उनले भने, ‘लगानीका अन्य क्षेत्र पनि पहिचान गरी कृषि तथा प्रसारण लाइन निर्माणमा जाने योजना रहेको छ ।’

नेपाल बैंक प्रमुख कार्यकारी अधिकृत पाण्डेले विगतमा अपि पावरले तोकिएको समयमै आयोजना पूरा गरेजस्तै मध्य–चमेलियाको काम पनि सम्पन्न हुने विश्वास व्यक्त गरे । त्यसमा बैंकले पूर्ण सहयोग र सहजीकरण गर्ने उनको भनाइ थियो ।

कम्पनीका अनुसार कूल ५ अर्ब ६५ करोड लागत अनुमान गरिएको आयोजनामा ४ अर्ब २४ करोड रुपैयाँ (७५ प्रतिशत) बैंकमार्फत १ अर्ब ४१ करोड रुपैयाँ (२५ प्रतिशत) स्वपुँजी लगानी हुनेछ । त्यसमध्ये, नेपाल बैंकले २ अर्ब २४ करोड र नबिल बैंकले २ अर्ब लगानी गर्नेछन् । यस्तै, कूल स्वपुँजीमध्ये ७१ करोड ९१ लाख रुपैयाँ (५१ प्रतिशत) अपि पावर र ४१ करोड (१९ प्रतिशत) संस्थापकमार्फत लगानी हुनेछ । २८ करोड रुपैयाँ साधारण सेयर (आइपिओ) मार्फत सर्वसाधारणबाट उठाउने योजना छ ।

२०७७ कात्तिक २७ गते ग्रिड कनेक्सन एग्रिमेन्ट (प्रसारण सम्झौता) भएको आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) २०८० असोज २१ गते भएको थियो । पिपिए अनुसार २०८६ जेठ २८ गते आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने सयम तोकिएको छ तर उक्त समय अघि नै निर्माण पूरा गर्ने प्रवर्द्धकको प्रतिबद्धता छ ।

अपि पावरले नै निर्माण गरी सञ्चालन गरिरहेको ४० मेगावाटको माथिल्लो चमेलियाको विद्युत्‌गृहदेखि ५ सय मिटर तल्लो तटमा मध्य–चमेलियाको बाँध तथा इन्टेक निर्माण हुनेछ । आयोजनाका ७.२ किलोमिटर लामो मुख्य (हेडरेस) पाइप र पेनस्टक पाइप रहने छ ।

आयोजनाबाट वार्षिक १८५ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । विद्युत् उत्पादन सुरु भएको पहिलो वर्ष नै ११३ करोड रुपैयाँ बराबरको आम्दानी हुने प्रक्षेपण गरिएको छ । उत्पादित बिजुली हाल सञ्चालनमा रहेको १३२ केभीको माथिल्लो चमेलियाको सिङ्गल सर्किट १६ किलोमिटर प्रसारण लाइनलाई डबल सर्किटमा विस्तार गरी बलाँच सबस्टेशनमा जोडिने छ ।

बलाँचबाट ३० किलोमिटर दूरीमा रहेको भारतको उत्तराखण्डमा पर्ने जौलजीबी सबस्टेशन (४००/२२०/१३२ केभी) रहेकोले यो आयोजनाको बिजुली देशलाई बढी भएमा सिधै भारतलाई बिक्री गर्न सकिने सम्भावना पनि रहेको प्रवर्द्धकको ठम्याई छ । त्यसका लागि अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा दुई देशबीच सहमति तथा सहकार्य आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३