विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सुर्खेतको भेरीगंगा नगरपालिकामा विद्युत सेवा विस्तार गरेको छ । प्राधिकरणले नगरपालिकाको वडा नम्बर ६ र ७ मा पहिलोपटक राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुर्याएको हो ।

नगरपालिका–६ र ७ का ठूलाखाली, कैनपानी, सामाखोरीया, सिर्जनाटोलका एक सय बढी घरधुरीमा विद्युत सेवा विस्तार गरिएको प्राधिकरण सुुर्खेत वितरण केन्द्र प्रमुख युवराज रावतले बताए । उनका अनुसार प्राधिकरण सामुदायिक विद्युतीकरण विभाग र भेरीगंगा नगरपालिकाको संयुक्त लगानीमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत पुगेको हो । 

वडामा पुस २२ गतेदेखि राष्ट्रिय प्रसारण लाइन पुगेको थियो । झिङ्नी बजारबाट ट्यापिङ गरेर ६ किलोमिटर ११ केभी लाइन विस्तार गरी विद्युत सेवा पुर्याइएको छ । 

गाउँमा विद्युत सेवा पुगेपछि कुटानी पिसानीका लागि निकै नै सहज हुनेछ । पहिले ‘कुट्न–पिस्न निकै समस्या हुन्थ्यो, तर अब त्यो समस्याबाट मुक्त भएको स्थानीयल बताउछन् । नगरपालिकाको सबै वडामा राष्ट्रिय प्रसारण प्रणाली पुगेकाे छ, तर पूर्ण विद्युतीकरण भने नभएको रावतले बताए । उनका अनुसार विद्युत सेवा पुग्न बाँकी ठाउँमा संरचनाहरु निर्माण भइरहेको छ ।

जिल्ला अन्तर्गत ९ वटा नगरपालिका र गाउँपालिका छन् । जसमा पञ्चपुुरी नगरपालिका र चौकुने गाउँपालिकामा विद्युत सेवा पूग्न बाँकी छ । पञ्चपुरीको वादविया चौरमा ३३ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ ।

विरेन्द्रनगर गाउँपालिकादेखि सबस्टेसनसम्मको आवश्यक ४० किलोमिटर लामो ३३ केभी लाइन निर्माण पूरा नभएकोले सबस्टेसन सञ्चालन गर्न नसकिएको केन्द्रले जनाएको छ । लाइन निर्माणको काम भइरहेको छ ।

चालु आर्थिक वर्षभित्र लाइनको काम पूरा गरी दुवै पालिकामा सेवा सुचारु गरिने रावतले बताए । उनका अनुसार सेवा वितरणका लागि पालिका अन्तर्गतका विभिन्न स्थानमा विद्युत वितरण लाइन पनि निर्माण भइरहेको छ । अहिले केन्द्रबाट ५७ हजार बढीले विद्युत सेवा लिइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit