विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । देशकै ठूलो तथा सबैभन्दा बढी वितरण केन्द्र, शाखा तथा डिभिजन कार्यालय भएको विद्युत् प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी करिब ११ सय जनाका लागि रोजगारी खुलेको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहका ५ तह सहायकस्तरमा ८८८ जना खुला/समावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्तका दरखास्त आह्वान गरेको छ । सबै पदको लिखित परीक्षा लोकसेवा आयोगले लिनेछ ।

दरखास्त दिने अन्तिम दिन आगामी पुस २५ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरी माघ ३ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ । अधिकृतस्तर तह ८ वा त्यसभन्दा माथिका पदका लागि दरखास्त दिने अन्तिम मितिसम्म २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र तह ७ मा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ तर महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

सहायकस्तर तह ५ को पदमा १८ वर्ष  पूरा भई ३५ ननाघेको हुनुपर्ने, महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ । प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीलाई भने उमेरको हद नलाग्ने जनाइएको छ । अधिकृतस्तरमा सबैभन्दा बढी अर्थात ६२ जना तह ७ इलेक्ट्रिकल इन्जिनियर माग गरिएको छ । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह उतीर्णले दरखास्त दिन सक्नेछन् । प्रशासनतर्फ तह ७ प्रशासकीय अधिकृमा ३८ जना माग गरिएको छ । जुनसुकै विषयमा स्नातकोत्तर उतीर्णले दरखास्त दिन पाउने पनि जनाइएको छ ।

तह ७ लेखा अधिकृतमा ३१ जना माग गरिएको छ । वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर उतीर्णले दरखास्त दिन पाउने छन् । प्राविधिकतर्फ तह ७ कम्प्युटर इन्जिनियर २१ जना माग गरिएको छ । कम्प्युटर इन्जिनियरिङमा स्नातक उतीर्णले आवेदन दिन सक्नेछन् । प्राविधिकतर्फ तह ७ सिभिल इन्जिनियर ९ जना माग गरिएको छ । सिभिल इन्जिनियरिङमा स्नातक उतीर्णले आवेदन दिन सक्नेछन् ।

प्राधिकरणतर्फ तह ८ सहायक प्रबन्धक इलेक्ट्रिकलका लागि ८ जना माग गरिएको छ । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर उतीर्ण र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा पाँच वर्षको कार्यानुभव भएकाले आवेदन दिन सक्नेछन् । प्रशासनतर्फ ७ तहमा ८ जना चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ । त्यसमा सिए उतीर्णले आवेदन दिन सक्नेछन् ।

प्राविधिकतर्फ तह १० प्रबन्धक इलेक्ट्रिकल समूह, प्रशासनतर्फ तह ८ सहायक निर्देशक, लेखातर्फ ८ तह सहायक निर्देशक १/१ जनाका लागि आवेदन मागिएको छ । प्राविधिकतर्फ तह ७ सर्भे इन्जिनियर,  तह ७ वातावरणविद् र तह ७ जियोलोजिस्ट २/२ जना माग गरिएको छ । तह ५ मिटर रिडिङ सुपरभाइजर ४१ जना मागिएको छ । कोशी प्रदेशमा १२, मधेशमा १६, गण्डकीमा ५, कर्णालीमा ३ र सुदूपश्चिममा ५ जना माग गरिएको छ । मिटर रिडिङ सुपरभाइजरका लागि न्यूनतम योग्यता प्रवीणता प्रमाणपत्र तह वा १२ कक्षा उतीर्ण हुनुपर्ने छ ।

तह ५ लेखापाल ३९ जना माग गरिएको छ । कोशीमा ७, मधेशमा १३, लुम्बिनीमा ८ र सुदूरपश्चिममा ६ जना लेखापाल माग गरिएको हो । लेखापालाको न्यूनतम योग्यता वाणिज्य शास्त्र वा व्यापार प्रशासन लिई प्रविणता प्रमाणपत्र तह वा १२ कक्षा उतीर्ण तोकिएको छ ।

प्राधिकरणका अनुसार तह ५ इलेक्ट्रिकल सुपरभाइजरतर्फ ७४० जना माग गरिएको छ । कोशी प्रदेशमा १४०, मधेशमा ९५, बागमतीमा १२०, गण्डकीमा ८४, लुम्बिनीमा १४०, कर्णालीमा ७० र सुदूरपश्चिममा ९१ जना माग गरिएको हो । यसका पदका लागि न्यूनतम योग्यता इलेक्ट्रिकल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा डिप्लोमा उत्तीर्ण वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट प्रदान गरिएको सम्बन्धित विषयमा तह तीनको सीप परीक्षा उतीर्ण भएको हुनुपर्ने तोकिएको छ ।

तह ५ मेकानिलकल सुपरभाइजर १९ जना माग गरिएको छ । लुुम्बिनी प्रदेशमा २, कर्णालीमा १२, सुदूपश्चिममा ५ जना माग गरिएको हो । यसका लागि न्यूनतम योग्यता मेकानिकल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा डिप्लोमा उत्तीर्ण वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट प्रदान गरिएको सम्बन्धित विषयमा तह तीनको सीप परीक्षा उतीर्ण भएको हुनुपर्ने तोकिएको छ ।

५ तह सिभिल सुपरभाइजर ३ जना माग गरिएको छ । सिभिलतर्फ सुदूरपश्चिम प्रदेशमा २ र सर्भेतर्फ बागमती प्रदेशमा १ जना माग गरिएको हो । यसका लागि न्यूनतम योग्यता सिभिल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा डिप्लोमा उत्तीर्ण वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट प्रदान गरिएको सम्बन्धित विषयमा तह तीनको सीप परीक्षा उतीर्ण भएको हुनुपर्ने तोकिएको छ । सर्भे इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा डिप्लोमा उत्तीर्ण वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट प्रदान गरिएको सम्बन्धित विषयमा तह तीनको सीप परीक्ष उतीर्ण भएकाले आवेदन दिन पाउनेछन् ।

अधिकृतस्तरका कर्मचारीले नेपाल भर काम गर्नुपर्ने छ भने सहायक स्तरका कर्मचारीले आवेदन फाराम बुझाउने प्रदेशअन्तर्गतका प्राधिकरणका विभिन्न कार्यालयमा काम गर्नु पर्ने छ । प्रादेशिक स्तरको विज्ञापनबाट छनोट भई नियुक्त हुने कर्मचारीको ७ वर्षसम्म त्यस क्षेत्रका कार्यालयबाहेक अन्यत्र सरुवा नहुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३