विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको तल्लो इन्द्रावती जलविद्युत् आयोजनामा ज्योति विकास बैंकले ऋण लगानी गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माण गरिरहेकाे ४.५ मेगावाटको आयोजनाको लगानी गर्न लागेकाे हाे ।

आयोजनामा बैंकको नेतृत्वमा ५० प्रतिशत ऋण लगानी हुने गरी सम्झौता गरिएको कम्पनीका सञ्चालक विश्वेश्वर सुवेदीले बताए । उनले आयोजनामा ५० प्रतिशत ऋण लगानी र ५० प्रतिशत स्वपुँजी लगानी हुने जानकारी दिए । आयोजना सम्पन्न गर्न १ अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनाको स्वपुँजी लगानीमा काम भइरहेको छ । यो आयोजना यसअघि करिब ४० प्रतिशत निर्माण सम्पन्न भइसकेपछि अनुमतिपत्र खारेज गरेर सरकारको बास्केटमा राखिएको थियो । आयोजना निर्माण गरी सञ्चालन हुने अवधिभरका लागि ६२ करोड रुपैयाँ तिर्ने गरी २०७८ असारमा नै अनुमतिपत्र पुरानै कम्पनीलाई दिने आशयपत्र (लेटर अफ इन्टेन्ट–एलओआइ) जारी गरेको थियो ।

आशयपत्र जारी भएपछि कुनै कम्पनी दाबी विरोध गर्न नआएपछि नेशनल हाइड्रोले अनुमतिपत्रका लागि विभागमा आवेदन दिएको थियो । विभागले आवेदन दिएपछिको प्रक्रिया पूरा गरेर कम्पनीको नाममा आयोजनाको अनुमतिपत्र जारी गरी निर्माण गर्न बाटो खोलिदिएको थियो । कम्पनीले अध्ययन पूरा गरेर पनि विभागबाट २०८० बैशाख २० गते उत्पादन अनुमति पाएको छ ।

बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा रहेको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको टेलरेसबाट निस्केको पानीको प्रयोग गरी सोही खोलाको दायाँ किनारमा मुख्य संरचनाहरू रहने गरी डिजाइन तयार पारिएको छ ।

आयोजनाकाे काम १५ देखि १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेकाे पनि सुवेदीले बताए । यस आयोजनाबाट वार्षिक सरदर २९.९८ गिगावट घन्टा विद्युत् उत्पादन हुनेछ । विद्युत्‌गृहमा जडित २ वटा फ्रान्सिस टर्वाइन र २ वटा ३ फेज जेनेरेटरमार्फत ४.५ मेगावाट विद्युत् उत्पादन गरिनेछ र त्यहाँबाट निस्केको पानीलाई ५० मिटर लामो टेलरेसबाट पुन: इन्द्रावती खोलामा छाडिनेछ ।

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको २०० मिटर लामो ६६ केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत पाँचखाल सबस्टेसनमा जाडिनेछ । आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) र कनेक्सन एग्रिमेन्ट (प्रसारण सम्झौता) सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३