विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुटवल पावर कम्पनीले विभिन्न जलविद्युत् आयोजनामा लगानी गर्न एफपिओ (फरदर पब्लिक अफरिङ) जारी गर्ने भएको छ । कम्पनीले आफ्ना परियोजनामा लगानी गर्न १ करोड कित्ता एफपिओ जारी गर्न लागेको हो ।

प्रतिकित्ता १०० रुपैयाँका दरले प्रचलित ऐन नियम बमोजिम थप सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले एफपिओ जारी गर्ने प्रस्ताव गरेको हो ।

यसैगरी, कम्पनीले आफ्नो सेयरधनी सदस्यलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रस्तावित लाभांश अब हुने साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

कम्पनीको १२ मेगावाटको झिमरुक, ९.४ मेगावाटको आँधीखोला, ४ मेगावाटको खुदी र ३० मेगावाटको न्यादी खोला जलविद्युत् आयोजना सञ्चालनमा छन् । यी आयोजनाहरूले हाल निन्तर विद्युत् उत्पादन गरिरहरको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit