विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट उक्त बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

लाभांश वितरणको विशेष प्रस्तावलाई कम्पनीले पुस २९ गते डाकेको चौधौँ वार्षिक साधारणसभामा प्रस्तुत गरी पारित गर्ने जनाएको छ । सभाले बैंक वित्तीय संस्थाबाट थप ऋण लिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका साधारण प्रस्तावसमेत पारित गर्ने छ ।

साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले पुस १४ गते बुकक्लोज गर्ने भएको छ । त्यसो हुँदा पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीले उक्त लाभांश प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३