विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २२.९ मेगावाटको मध्य होङगु खोला ‘बी’ जलविद्युत आयोजना निर्माण हुने भएको छ । प्रदेश नम्बर १ को सोलुखुम्बु जिल्लामा पहिचान भएको आयोजना गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडले अघि बढाउन लागेको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्यययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय÷सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव  पठाउन सरोकारवालसँग  समक्ष  आग्रह गरेको छ  ।

विभाग वा प्रवद्र्धक  कम्पनीको कार्यालयमा प्राप्त हुने गरी राय÷सुझाव पठाउन सरोकारवालाले पठाउन सक्ने विभागले जनाएको छ ।

आयोजनाको बाँध क्षेत्रबाट करिब ४ किलोमिटर सुरुङ र ४ सय २ मिटर लामो पेनस्टक पाइपमार्फत विद्युतगृहमा पुर्याइनेछ । विद्युतगृहमा २ वटा टर्वाइनसँग जोडिएको २ वटा जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ ।

आयोजनाबाट वार्षिक सरदर १३०.६० गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । आयोजनाबाट २०८० साउन १ गतेदेखि विद्युत उत्पादन हुने गरी प्रस्ताव पेश गरिएको कम्पनीले जनाएको छ ।

उत्पादीत विद्युत १३२ केभी प्रसारण लाइनमार्फत २० किलोमिटर दुरमिा रहेको नेपाल विद्युत प्राधिकरणको तिङ्ला सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit