विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रुकुम पूर्वमा निर्माण हुने २०.७३ मेगावाटको जल्दीगाड जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) सम्पन्न भएको छ । आयोजनाको प्रवर्द्धक सांग्रिला हाइड्रो पावर प्रालि र नेपाल विद्युत प्राधिकरणबीच ६/६ महिना हिउँद/वर्षायाम हुनेगरी टेक और पे मोडलमा सम्झौता भएको हो ।

आयोजनाले उत्पादन गरेको विद्युत्  प्राधिकरणले हिउँद याममा प्रतियुनिट ८.४० रुपैयाँ र वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको छ । सम्झौतामा आयोजनाका तर्फबाट कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपाने र प्राधिकरणका तर्फबाट उप–कार्यकारी निर्देशक प्रदीपकुमार थिकेले हस्ताक्षर गरे ।

आयोजनामा ठुलो लगानी एनआरएनएहरूको रहनेछ भने नेपालमा रहेर विभिन्न क्षेत्रमा अब्बलता कमाएका व्यवसायीहरूको पनि लगानी रहने न्यौपानेले बताए । रुकुमपश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर ३ र ४ मा निर्माण हुने आयोजना जल्दीगाड खोलामा निर्माण हुनेछ ।

कम्पनीमा मलेसियामा बसेर विभिन्न क्षेत्रमा व्यवसाय गरेका सफल व्यवसायी गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसी सचिव खगेन्द्र न्यौपाने, अध्यक्ष र सञ्चालकहरूमा एनआरएनए आइसिसी उपाध्यक्ष एवम् सफल व्यवसायी आरके शर्मा, एनआरएनए युवा उपाध्यक्ष एवम् कतारका सफल युवा व्यवसायी राज रेग्मी, युवा व्यवसायी नवीन कँडेल, युवा व्यवसायी रविन गुरुङ सहित व्यवसायी सरोज धितालसमेत रहेका छन । यो कम्पनीलाई चुस्त र बलियो टिमवर्कसहित अघि बढ्ने न्यौपानेले बताए ।

आयोजनाबाट उत्पादीत विद्युत १३२ केभी प्रसारण लाइनमार्फत ८ किलोमिटर दुरीमा रहेको प्राधिकरणको बाफिकोट सबस्टेसन जोडिनेछ ।

आयोजनासम्म जाने पहुँचमार्ग खुलिसकेको र स्तरोन्नति गर्नुपर्ने आयोजनाले जनाएको छ । आयोजना सम्पन्न गर्न ४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक रूपमा १२७.२९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३