विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८१ चैत २८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसरमा १५ कर्मचारी तथा ९ जलविद्युत तथा वितरण केन्द्रलाई सम्मान गरेको छ ।  संस्था सुधार, व्यवस्थापन तथा चुहावट नियन्त्रणमा योगदान पुर्याएको भन्दै उनीहरूलाई सम्मान गरिएको हो ।

प्राधिकरणको मंगलबार सम्पन्न ३६ औं वार्षिकोत्सव कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ मा उत्कृष्ट कार्य गरेको आधारमा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने १५ कर्मचारीलाई नगद २५ हजार र सम्मान पत्र तथा संस्थालाई  कदरपत्र उपयुक्त समय मिलाएर प्रदान गरिनेछ ।

सम्मानित हुने कर्मचारीमा दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको उपनिर्देशक सिताराम पखाछे, आयोजना लेखा महाशाखाका नवराज बस्नेत, प्रसारण निर्देशनालयका सर्भे अधिकृत युवराज कार्की, मर्याङदी जलविद्युत केन्द्रका इन्जिनियर दिपेन्द्र कुमार गुप्ता, जनकपुर वितरण केन्द्रका इन्जिनियर प्रविन कुमार मिश्र, सिम्रौणगढ वितरण केन्द्रका इन्जिनियर दया भन्सारी रहेका छन् ।

यस्तै, आर्थिक विश्लेषण विभागका सहायक कम्प्युटर अधिकृत सन्दिप श्रेष्ठ, सुन्दरीजल वितरण केन्द्र प्रमुख टंकनाथ पौडेल, ऊर्जा मन्त्रालयका योजना तथा  प्राविधिक सेवाका सुपरभाइुजर एक बहादुर महर्जन, दोलखा वितरण केन्द्रका सिनियर मिटर रिडर सन्तोष कुमार यादव, विराटनगर वितरण केन्द्रका फोरम्यान दिव्य प्रकाश प्रसाद खतिवडा, कालीकोट वितरण केन्द्रका फोरम्यान जय प्रकाश पाण्डे रहेका छन् ।

कार्यकारी निदेशकको सचिवालयको सवारी चालक सुशिल ठकुरी, आर्थिक परिक्षण लेखा महाशाखाका सवारी चालक सरस्वती पराजुली र पोखरा ग्रिड शाखाका सहयोगि प्रकाश लुङगेली रहेका छन् । वर्षभरी उत्कृष्ट कार्य गरेका प्राधिकरणका ९ कार्यालयलाई सम्मानस्वरुप कदरपत्र प्रदान गरिएको छ । कदरपत्र पाउनेमा भद्रपुर वितरण केन्द्र, राजविराज वितरण केन्द्र, मेलम्ची वितरण केन्द्र, कालीकोट वितरण केन्द्र, टंकी सिनवारी तथा लम्की पोल प्लान्ट आयोजना, कुलेखानी प्रथम जलविद्युत केन्द्र, पनौती जलविद्युत केन्द्र, बुटवल ग्रिड महाशाखा, समुन्द्रटार–त्रिशुली ३ ‘बी’ हव आयोजना रहेका छन् । सम्मानित कर्मचारी र कार्यालयलाई उपयुक्त समय मिलाएर नगद, सम्मान पत्र र कदर पत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३