काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.०३ अंकले बढेको छ । साताको पाँचौ दिन (बिहीबार) सेयर कारोबार बन्द हुँदा नेप्से बढेर २२३९.६० बिन्दुमा पुगेको छ ।
बिहीबार सेयर कारोबार बन्द हुँदा सेयर ०.३६ प्रतिशतले बढेको छ । नेप्से बढ्दा २२२ कम्पनीको २३ लाख २४ हजार ६ सय ६५ कित्ता सेयर १८ हजार ८ सय ८ पटक किनबेच भएको छ । सेयर खरिद बिक्री हुँदा ८८ करोड ९८ लाख ३४ हजार ९ सय ९ रुपैयाँ बराबरको कारोबर भएको छ ।
बिहीबार ८ समूहको परिसूचक बढेको छ भने ५ समूको घटेको छ । यस्तै, जलविद्युत समूहको ४.३ अंकले घट्दा २५८२.१८ विन्दुमा पुगेको छ । यो समूहको ९ लाख ७१ हजार ५ सय ८७ कित्ता सेयर ७ हजार ३ सय ७ पटक किनबेच हुँदा ३७ करोड ३४ लाख ६१ हजार ५ सय ७० रुपैयाँ बराबरको कारोबार भएको छ ।