विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ भदौ २, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । कर्णाली प्रदेशको कालिकोट जिल्लामा निर्माण हुने ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत्‌ आयोजनाका लागि वित्तीय व्यवस्थापन (फाइनन्सियल क्लोजर) सम्पन्न भएको छ । ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धिधत उक्त आंशिकजलाशय आयोजनाका लागि एभरेष्ट बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबीच लगानी सम्झौतामा हस्ताक्षर भएको हो ।

एभरेष्ट बैंकको अगुवाइमा रहेको कन्सोर्टियम (सहवित्तीयकरण) मा सानिमा बैंकलगायत ९ बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहेको छ । लगानीकर्ताहरूमा प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक र ग्लोबल आइएमई बैंक लगायत छन् ।

अन्य बैंकहरूमा सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन् । लगानी सम्झौतासँगै आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापनको चरण पूरा भएको छ ।

तिला–२ को कूल अनुमानित लागत ७० अर्ब ७ करोड रुपैयाँ रहेकोमा ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋणका रूपमा जुटाइने छ । बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड रुपैयाँ स्वपूँजी (इक्विटी) बाट व्यवस्थापन गरिने छ । प्रवर्द्धक कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि २० प्रतिशत सेयर छुट्याएको छ ।

कालिकोटको तिलागुफा नगरपालिकामा बाँध तथा खाँडाचक्र नगरपालिकामा विद्युत्‌गृह निर्माण हुने यस आयोजनाले सुख्खायाममा दैनिक ६ घण्टासम्म पिकिङ क्षमतामा विद्युत्‌ उत्पादन गर्न सक्ने छ । आयोजनाबाट वार्षिक कूल २,३१८.७९ गिगावाट घण्टा विद्युत्‌ उत्पादन हुनेछ । जसमध्ये सुख्खायामको पिक समयमा ४५१.५० गिगावाट घण्टा, अफ-पिक समयमा २०५.४५ गिगावाट घण्टा र वर्षायाममा १,६६२.२९ गिगावाट घण्टा विद्युत्‌ उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ ।

आयोजनाले २०७५ भदौ ७ गते विद्युत्‌ विकास विभागबाट विद्युत्‌ उत्पादनको अनुमतिपत्र प्राप्त गरिसकेको छ । २०८१ कात्तिक ७ गते नेपाल विद्युत्‌ प्राधिकरणसँग २६९.७४ मेगावाट क्षमताका लागि विद्युत्‌ खरिद-बिक्री सम्झौता (पिपिए) सम्पन्न गरिसकेको छ । निर्माण सुरु भएको चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकोमा आयोजनाका मुख्य प्रवर्द्धकमा स्ट्रिम इन्भेस्टमेन्ट, ऊर्जा इम्प्याक्ट फण्ड, रबिन्स युएसए लगायत संस्थागत तथा व्यक्तिगत लगानीकर्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३