विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार ३, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीले विगतका सबै तिक्तताहरूलाई बिर्सेर अब ऊर्जा उद्यमीहरू एक ढिक्का भई अगाडि बढ्नुपर्ने बताएका छन् । इपान सचिवालयमा बुधबार आयोजित नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूको पदबहाली कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पूर्वअध्यक्षहरू शैलेन्द्र गुरागाईं, कृष्णप्रसाद आचार्य र गणेश कार्कीसँग निकट रहेर काम गरेको अनुभव सुनाउँदै उनले हिजो विद्रोह गरेका साथीहरू आज एकै ठाउँमा उभिनु आफ्नो र कार्यसमितिका लागि अवसर तथा चुनौती दुवै भएको उल्लेख गरे । वर्तमान मजबुत सरकारसँग मिलेर नीति–निर्माणमा सहकार्य गर्दै अघि बढ्ने  प्रतिबद्धता व्यक्त गरे । सबैको साथ र सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरेका उनले कार्यसमितिको दोस्रो बैठकबाट पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरिने जानकारी दिए ।

यसैगरी, कार्यक्रममा इपानका निवर्तमान अध्यक्ष गणेश कार्कीले नवनिर्वाचित कार्यसमितिलाई ऊर्जा बजारले निकै सकारात्मक रूपमा हेरिरहेको भन्दै खुसी व्यक्त गरे । इपानको नेतृत्वमा अब देशको समग्र ऊर्जा क्षेत्र कसरी अघि बढ्छ भन्ने कुरा आम चासोको विषय बनेको र यसले ऊर्जा विकासलाई अझ गति दिने आशा सरकारले समेत राखेको उनको भनाइ थियो । आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुर्‍याउने सरकारको लक्ष्य पूरा गर्नका लागि नीतिगत अवरोधहरू हटाउनुपर्नेमा जोड दिँदै कार्कीले ऊर्जा उद्यमीहरू एक्ला–एक्लै हिँडे बाटो बिराउने र लक्ष्यमा पुग्न नसकिने भएकाले सम्पूर्ण उद्यमी र पदाधिकारीहरू एउटै आवाज बोकेर एउटै मार्गमा अघि बढ्नुपर्ने धारणा राखे ।

त्यस्तै, नवनिर्वाचित कार्यसमितिका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले संस्थाको ‘भिजन २०२९’ अनुसार कार्यसमितिका सबै सदस्यहरूको क्षमताका आधारमा जिम्मेवारी बाँडफाँट गरेर अगाडि बढ्ने बताए । कुरा मात्र गरेर उपलब्धि हासिल नहुने स्पष्ट पार्दै उनले काम गरेर देखाउन नसके यस जम्बो टोलीको कुनै अर्थ नरहने भन्दै परिणाममुखी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३