विद्युत अपडेट

  • प्राधिकरण : ७८१९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४२७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४७४३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २२५९० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६५९८९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०६० मे.वा.
२०८२ असोज २३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि ४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त पदपूर्तिका लागि कम्पनीले असार २४ गते आह्वान गरेको दरखास्त अनुसार म्याद (१५ दिन) भित्र दरखास्त स्वीकृत भएकाहरूबीच प्रतिस्पर्धा हुने भएको हो ।

प्रतिस्पर्धी उम्मेदवारहरूमा अरुण रजौरिया, कृष्णसिंह बस्नेत, पवन अधिकारी र राजु श्रेष्ठ रहेका छन् । सिइओका लागि 'मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन वा इन्जिनियरिङ विषयमा स्नातकोत्तर उत्तीर्ण गरी पूर्वाधारसहित व्यवस्थापकीय पदमा कम्तीमा १२ वर्षको कार्य अनुभव भएको हुनु पर्ने न्यूनतम याेग्यता ताेकेको छ । वा सो सरहको उपाधि हासिल गरी पूर्वाधार क्षेत्रमा पूर्णकालीन अध्यापन वा अध्ययन अनुसन्धान गरी १२ वर्षको अनुभव हासिल गरेको हुनुपर्ने छ । त्यस्तै, ४० वर्ष पूरा भई ६१ वर्ष उमेर ननाघेको नेपाली नागरिक हुनुपर्ने उमेरको सीमा ताेकिएको छ । 

उम्मेदवारहरूको व्यावसायिक रणनीतिक योजना तथा कार्ययोजना प्रस्तुतिका लागि नामको वर्णानुक्रम अनुसार २/२ जनाका दरले साउन १९ गते समय तोकिएको छ । त्यस्तै, अन्तर्वार्ताका लागि पनि सोही अनुसार साउन २० गते  तोकिएको छ ।

कम्पनीले प्रमुख कार्यकारी अधिकृत छनोट समिति मार्फत ४ वर्षे कार्यकालका लागि १ जना सिइओ नियुक्त गर्न लागेको हो । गोरखा र धादिङको सीमा भई बहने बूढीगण्डकी नदीमा १ हजार २०० मेगावाट विद्युत् उत्पादनसहितको बहुउद्देश्यीय जलाशय आयोजना निर्माण गर्न कम्पनीको गठन भएको हो ।

उम्मेदवारहरूको योग्यता

अरुण रजौरियाः हाल एचआइडिसिएलमै नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका उनले नर्वेबाट जलविद्युत्‌मा एमएस्सी (स्नातकोत्तर स्वर्णपदक) गरेका छन् । उनले यस क्षेत्रमा करिब २७ वर्षदेखि सक्रियरूपमा काम गर्दै आएका छन् । १९ वर्षदेखि कम्पनीको दोस्रो वरियतामा कार्यरत उनी नेपाल हाइड्रो पावर एसोसिएसन (एनएचए) का अध्यक्षसमेत हुन् ।

पेशागत हिसाबले उनीसँग झन्डै डेढ दशक निजी क्षेत्रका जलविद्युत् आयोजनामा काम गरेको अनुभव छ । निजी क्षेत्र तथा सरकारी संस्थाको कार्यानुभवसँगै पछिल्लो समय व्यवस्थापकीय जिम्मेवारीमा समेत उनले आफूलाई निपुण गराउँदै ल्याएका छन् ।

इन्जिनियरिङमा अति विशिष्ट प्रथम श्रेणीसहित स्वर्ण पदक प्राप्त (भारत सरकारको कोलम्बो प्लान छात्रवृत्ति) उनले नर्वे सरकारको कोटामा छात्रवृति अन्तर्गत नर्वेजियन युनिभर्सिटीबाट जलविद्युत्‌मा स्नातकोत्तर (मास्टर इन टेक्नोलोजी–हाइड्रोपावर) मा पनि स्वर्णपदक प्राप्त गरेका छन् ।

कृष्णसिंह बस्नेतः सडक बोर्ड नेपालको कार्यकारी निर्देशक रहिसकेका उनी इन्जिनियर हुन् । उनले विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय संस्थामा परामर्शदाताको रूपमा काम गरिसकेका छन् ।

पवन अधिकारीः हाल भेरी बबई डाइभर्सन आयोजनामा सिनियर डिभिजनल इन्जिनियरको रूपमा कार्यरत उनी लामो समयदेखि यस क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

राजु श्रेष्ठः २७ वर्षदेखि जलविद्युत् क्षेत्रमा आवद्ध उनी मेकानिकल इन्जिनियर हुन् । नेपाल तथा विदेशका विभिन्न जलविद्युत् आयोजनामा विज्ञको रुपमा काम गरेको अनुभव उनीसँग छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३