विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ ३०, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भारतले नेपाललाई दैनिक १८ घण्टा ६५४ मेगावाटसम्म विद्युत् दिने भएको छ । बाढीका कारण नेपालको जलविद्युत् पूर्वाधारमा क्षति पुगेको र स्वदेशी विद्युत् उत्पादन क्षमतामा कमी आएकोले आगामी १६ गते (डिसेम्बर ३१) सम्म विद्युत् निर्यात बढाउने भएको हो ।

भारतीय विद्युत् मन्त्रालयले हालैको बाढीका कारण नेपालमा थप विद्युत् आवश्यकता देखिएको परिस्थितिमा नेपालले यसअघि नै सुख्खा माैसमका लागि माग गरेको विद्युत् परिमाण र अवधि बमोजिम आयातका लागि स्वीकृति दिएकाे नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले ऊर्जा खबरलाई बताए । 

उनका अनुसार भदौ २८ गते (सेप्टेम्बर १३) देखि लागु हुने गरी भारतले विद्युत् आयातको स्वीकृति दिएको छ । स्वीकृतिअनुसार भारतले नेपाललाई मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत थप ५४ मेगावाट विद्युत् आयात गर्न दिने छ । उक्त विद्युत् हरेक दिन मध्यरातदेखि साँझ ६ बजेसम्म उपलब्ध गराउने छ ।

श्रेष्ठका अनुसार अनुसार सन् २०२७ जनवरीदेखि नेपाललाई उपलब्ध गराइने विद्युत्‌को परिमाणबारे सन् २०२६ डिसेम्बरमा पुनरावलोकन गरिनेछ । 
भोटेकोसी तथा त्रिशूली नदी कोरिडोरमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका जलविद्युत् केन्द्र र निर्माणाधीन आयोजना तथा प्रसारण पूर्वाधारमा ठूलो क्षति पुर्‍याए अवस्थामा भारतले नेपालले विद्युत आयात गर्न सक्ने अवधि बढाएको हो ।

वर्षायाममा नेपालले अतिरिक्त विद्युत् भारतलगायतका बजारमा निर्यात गरिरहेको अवस्थामा बाढीले प्रमुख विद्युत् उत्पादन क्षेत्रका आयोजनामा क्षति पुर्‍याएपछि उपलब्ध विद्युत् उत्पादन क्षमता उल्लेख्यरूपमा घटेको छ ।

बाढी आउनुअघि नेपालले वर्षायाममा भारतमा ६०० मेगावाटभन्दा बढी र बंगलादेशमा करिब ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको थियो । बाढीले देशका प्रमुख जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि ती विद्युत् निर्यात प्रभावित भएका छन् ।

जलविद्युत् उत्पादनको ठूलो हिस्सा अस्थायी रूपमा उपलब्ध हुन नसक्ने भएपछि आगामी महिनामा आन्तरिक माग धान्न नेपाल भारतबाट थप विद्युत् आयातमा निर्भर हुनुपर्ने अवस्था देखिएको छ ।

बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै झन्डै डेढ दर्जन जलविद्युत् केन्द्र तथा आयोजनामा क्षति पुगेको छ । ५ हजार ३०० भन्दा बढी मानिस अझै बेपत्ता रहेकोमा करिब ९०० जना जलविद्युत् क्षेत्रका कामदार रहेको पछिल्ला विवरणहरूमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३