विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १८, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बुटवल–लमही ४०० केभी विद्युत् प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय अध्ययन परीक्षण (आइइई) प्रतिवेदन तयार पार्न लागेको छ । यसका लागि प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले आयोजनाको परामर्शदाताको रूपमा काम गरिरहेको छ । 

प्राधिकरणका अनुसार प्रस्तावित आयोजना अन्तर्गत लम्बुनी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लाका विभिन्न पालिका तथा त्यसअन्तर्गतका वडाहरू हुँदै निर्माण हुने उक्त प्रसारण लाइनको लम्बाई १६१ किलोमिटर रहने छ । 

प्रसारण लाइन रहने केन्द्रबाट दायाँ–बायाँ २३/२३ किलोमिटर गरी कुल ४६ मिटर क्षेत्राधिकार रहने प्रस्ताव गरिएको छ । आयोजना अन्तर्गत कुल ४०५ वटा टावरहरू निर्माण गरिने भने दाङको लमही नगरपालिका–९ रिहारमा ४००/२२०/१३२/३३/११ केभी क्षमताको सबस्टेसन निर्माण गरिने छ ।

आइइई प्रतिवेदन तयार पार्नका लागि प्राधिकरणले आयोजना निर्माण गर्दा प्रभावित क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रणालीमा पर्न सक्ने प्रभावबारे यकिन गर्न सरोकारवाला निकाय तथा व्यक्तिसँग ७ दिनभित्र लिखित राय–सुझाव दिन आह्वान गर्दै बिहीबार सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३