विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको निर्माण ९० प्रतिशत पूरा भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको बाँध, पाइपलाइन, विद्युतगृह, प्रसारण लाइन सबै क्षेत्रको काम तीव्र गतिमा भइरहेको छ । आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए । २०७७ भदौदेखि निर्माण सुरु भएको आयोजनबाट आगामी मंसिरभित्र व्यवसायीक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । पाइपमार्फत लगिएको पानी विद्युतगृहमा रहने १२.५ मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिनेछ ।

आयोजनाको सबै काम पूरा गरेर आगामी ६ महिनाभित्र उत्पादन सुरु गर्ने कम्पनीले जनाएको छ । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गर्दा आयोजनाबाट विद्युत उत्पादन गर्ने अवधि २०७९ साउनको अन्तिमलाई तोकिएको थियो तर पछिल्लो समय विश्वव्यापी रूपमा फैलिएको  कोरोना महामारीका कारण निर्माण अवधि एक वर्ष लम्बिएको छ ।

सोही अनुसार विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) २०८० साउन ४ गतेलाई तोकिएको छ । आयोजनाबाट उत्पादित विद्युत ५ किलोमिटर दूरीमा रहेको प्राधिकरणको लाहाचोक सबस्टेसनमा जोडिनेछ । सबस्टेसनको आवश्यक १३२ केभी डबल सर्किट प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरिरहेको छ ।

आयोजना सम्पन्न गर्न ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । एनएमबीले २ अर्ब २० करोड, कर्मचारी संचय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन । बाँकी ३० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ स्वपुँजी लगानी छ ।

विद्युत प्राधिकरणले यो आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा किन्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।

आयोजनाकाे थप विवरण

आयोजनाकाे नाम ः सेती नदी

प्रवर्द्धक ः भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड

क्षमता ः २५ मेगावाट

याेजनास्थल ः कास्की, माछापुच्छ्रे गाउँपालिका

निर्माण सुरु ः २०७७ भदौ

पेनस्टक पाइपलाइन ः ६४०० मिटर

टर्वाइन ः २ वटा  (१२.५ मेगावाट क्षमता)

पिपिए अनुसार उत्पादन तालिका ः २०७९ साउन, संशाेधन ः २०८० साउन, दाेस्राे पटक संशाेधन ः २०८० मंसिर

पिपिए दर प्रतियुनिट : हिउँदमा ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँ

प्रसारण लाइन ः १३२ केभी, ५  किलाेमिटर

सबस्टेसन ः लाहाचाेक

लागत ः ५ अर्ब रुपैयाँ

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit