विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । हिमालयन ईनर्जी प्रालिले दोलखाको कालिन्चोक गाँउपालिकामा ३ मेगावाटको साना जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले आयोजना निर्माण गर्न अनुमतिपत्र माग्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ ।

कम्पनीका अनुसार आयोजना अघि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०८० माघ २९ गते प्रारम्भिक वातावरणीय मूल्यांकन (आइइई) स्वीकृत भइसकेको छ । आयोजना निर्माणका क्रममा कुनै असर पर्ने देखिए सूचना प्रकाशित भएको ३५ दिनभित्र विभाग तथा सम्बन्धित कार्यालयमा राय–सुझाव पेश गर्न सूचित गरिएको छ ।

आयोजनाको विद्युत्गृह लगायत सम्पूर्ण संरचनाहरू कालिन्चोक गाउँपालिका–१ भएर बग्ने ३ वटा खोला (बुदेखानी, भूमिथान र सिखर्जुन) मिसिएर बनेको सागु खोलाको बायाँ किनारमा रहने जनाइएको छ । आयोजनाबाट वार्षिक १७.४७ गिगावाट घन्टा ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत करिब १२ किलोमिटर टाढाको नेपाल विद्युत् प्राधिकरणको सिंगटी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण लाइन प्रवाह हुनेछ । आयोजनाको बाँधस्थलभन्दा तल तथा विद्युत्गृहभन्दा माथिको खण्डका जीवजन्तु, जलचर तथा बोटबिरूवाहरूका लागि आवश्यक न्यूनतम पानी आइइई प्रतिवेदन अनुसार कायम गरिने कम्पनीले प्रतिबद्धता जनाएको छ । आयोजनाबाट २०८२ सालभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३