विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र नेपाल विद्युत् प्राकिरणबीच ‘ट्रान्समिसन इन्टर–कनेक्सन एग्रिमेन्ट’ भएको छ । यसबाट प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट (जडान सम्झौता) गरेका विद्युत् आयोजनाले कम्पनीले निर्माण गरेका प्रसारण लाइनमा समेत विद्युत् प्रवाह गर्न पाउने बाटो खुला भएको छ ।

सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवाली र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन् । यसअघि कम्पनी र प्राधिकरणले आ–आफ्नो तरिकाले काम गरेको र त्यसमा अन्तरआवद्धता थिएन, जसको कारण निजी क्षेत्रले विद्युत् खरिद सम्झौता (पिपिए) गरेका आयोजना प्राधिकरणको संरचनामा मात्र जडान गर्न पाइन्थ्यो ।

उक्त सम्झौतापछि कम्पनीले देशका विभिन्न ठाउँमा निर्माण गरिरहेका प्रसारण संरचनामा प्राधिकरणसँग जडान सम्झौता गरी विद्युत् प्रवाह गर्न सकिने जनाइएको छ । यसबाट प्रसारण क्षेत्रमा विविधिकरण हुनुका साथै विद्युत् क्षेत्रको पुनर्संचनाको सुरुवात पनि भएको छ । साथै, कम्पनीले प्रसारण लाइन निर्माण गरिरहेका नदी बेसिनमा अर्को समानान्तर लाइनको खाँचो पनि अन्त्य हुने भएको छ ।

यो सम्झौताले प्रसारण लाइन निर्माणमा उत्पन्न हुने वातावरणीय समस्या तथा असर पनि न्यूनिकरण हुनेछ । विद्युत् विकासका लागि यो एउटा कोसे ढुंगा पनि भएको छ । यसले, आगामी दिनमा कम्पनी र प्राधिकरणबीच एकता हुने आधारलाई पनि बल पुर्याएको छ । प्रसारण लाइन विकास एउटै निकायबाट हुनु देशका लागि अपरिहार्य भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit