विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सबस्टेशन अन्तर्गतको ११ केभी फिडर लाइनहरूमा विद्युत् आपूर्ति नियन्त्रणका लागि प्रयोग हुने ब्रेकर प्यानलमा आइतबार दिउँसाे आगलागी हुँदा ३ वटा फिडरबाट विद्युत् वितरण प्रभावित भएको छ । 

फिडरहरूमा विद्युत् दिने र काट्ने कार्यका लागि प्रयोग हुने ब्रेकर प्यानलको स्विच सञ्चालन गर्न खोज्दा ‘स्पार्क’ भएर उक्त प्यानलमा आगलागी भएपछि विद्युत् वितरण अवरुद्ध भएको प्राधिकरणको ग्रिड विकास विभागका निर्देशक कमल आचार्यले ऊर्जा खबरसँग बताए । 

अवरुद्ध भएका फिडरमा विद्युत् सेवा सुचारु गर्न जलेका बाहेक ब्रेकर प्यानलको ‘लोड क्याल्कुलेशन’ गरी लोड दिन मिल्ने देखिएको अवस्थामा तत्काल अस्थायी आपूर्ति सुरु गरिने उनले बताए । ‘लोड क्याल्कुलेशनको काम सुरु भइसकेको छ,’ उनले भने, ‘अबको दुई घण्टाभित्र लोड दिन मिल्ने नमिल्ने थाहा हुन्छ र दिन मिल्ने रहेछ भने अस्थायी आपूर्ति गरिन्छ ।’

यसको स्थायी समाधानका लागि भने प्राधिकरणको बुढानीलकण्ठ, चपलीमा रहेको सबस्टेशनबाट ब्रेकर प्यानल ल्याउन गाडी पठाइसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३