विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पाँचथरमा निर्माणाधीन इङ्वाखोला जलविद्युत आयोजनाको ९.७ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिने भएको छ । इङ्वाखोला हाइड्रो पावर लिमिटेडले निर्माण अन्तिम चरणमा पुर्याएको आयोजनाको विद्युत प्रसारण प्रणालीमा थपिन लागेको हो ।

८५ प्रतिशत निर्माण पूरा भएको आयोजनाको विद्युत आगामी २०८० बैशाखभित्र राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य रहेको कम्पनी सचिव गोकुल पाण्डेले बताए । आयोजनाको विद्युत अबको ३ महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको छ ।

२०७८ भदौ २३ गतेदेखि निर्माण थालिएको आयोजना २० महिनामा निर्माण सम्पन्न हुन लागेको हो । आयोजनाको पाइपलाइन र प्राविधिक तर्फको अन्तिम चरणको काम भइरहेको छ ।

आयोजनाको बाँध (हेडबक्स) पाँचथरको याङवरक गाउँपालिका–२ सेरेजामा छ । बाँध क्षेत्रको काम सकिएको छ । ४.४० किलोमिटर फलामे ‘हेडरेस’ पाइपलाइन र २७८ मिटर ‘सर्ज’ पाइपमार्फत खोलाको पानी याङवरक–३ ओयामको आँपडाँडामा रहेको विद्युतगृहमा ल्याएर विद्युत उत्पादन गरिनेछ । पाइपलाइनको अन्तिम चरणको काम भइरहेको छ ।

यस्तै, विद्युतगृहको सिभिल संरचनाको काम पूरा गरी उपकरण जडानको काम भइरहेको पाण्डेले बताए । आयोजनाको विद्युत जोडिने १६ किलोमिटर लामो ३३ केभी लाइनको काम भइरहेको छ । यो लाइनको काम पनि चैतभित्र सकिने कम्पनीले जनाएको छ ।

आयोजनाको सबै काम पूरा गरेर बैशाखभित्र उत्पादन सुरु गर्ने योजना रहेको पाण्डेले बताए । आयोजना सम्पन्न गर्न १ अर्ब ९५ करोड रुपैयाँको लागत अनुमान गरिएको छ । आयोजनामा ३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत ऋण लगानी छ । आयोजनामा बैंक अफ काठमाण्डौं (मर्जरपछि हाल ग्लोबल आइएमई बैंक) को छ ।

आयोजनाको विवरण

जिल्ला : ताप्लेजुङ र पाँचथर
क्षमता : ९.७ मेगावाट
वार्षिक सरदर उत्पादन : ६५.७३ गिगावाट घन्टा (हिउँदमा २४.९ गिगावाट घन्टा र बर्खामा ४०.८३ गिगावाट घन्टा)
निर्माण सुरु भएको मिति : २०७८ भदौ                                                                                                                                                  निर्माण अवधि : २० महिना
पाइपलाइन : ४.४० किलोमिटर
उत्पादन मिति (लक्ष्य)  ः २०८० बैशाखभित्र
विद्युत जोडिने विन्दु : अमरपुर सबस्टेसन 
प्रसारण लाइन : ३३ केभी (१६ किलोमिटर)
लागत : १ अर्ब ९५ करोड (७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी)

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit