विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । इस्टर्न इनर्जी प्रालिले भोजपुरमा १५ मेगावाटको इर्खुवा खोला ‘क’ जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । जिल्लाको साल्पासिलिछो गाउँपालिका–४ र ५ मा अवस्थित इर्खुवा खोला र सानु खोलाको पानीलाई उपयोग गरेर कम्पनीले सो आयोजना निर्माण गर्न लागेको हो । नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । 

कम्पनीले विद्युत विकास विभागसमक्ष उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) माग गर्दै आवेदन दिएको थियो । विभागले सार्वजनिक सूचना निकालेर आयोजना निर्माण र सञ्चालन गर्दा पर्ने प्रतिकुल असरबारे ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवाला निकायलाई आग्रहसमेत गरेको छ । 

आयोजनाका मुख्य संरचना इर्खुवा खोलाको दायाँ किनारमा निर्माण हुनेछन् । उत्पादित विद्युत् १३ किलोमिटर १३२ केभी सिंगल सर्किट प्रसारणलाइन निर्माण गरेर सितलपाटी सबस्टेसनमा जोडिनेछ । आयोजनाले वार्षिक सरदर ८७.१० गिगावावट वार्षिक सरदर उत्पादन गर्नेछ । निर्माण थालेको ३६ महिनामा पूरा गर्ने लक्ष्य राखेका छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit