विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत  यो साता हामीले रिले र यसको प्रकारका विषयमा जानकारी दिने प्रयास गरेका छौँ । अघिल्लो साता विद्युत् क्षेत्रमा प्रयोग हुने औजार तथा उपकरणबारे जानकारी प्रस्तुत गरेका थियौँ ।

१. रिले

विद्युत् प्रवाह हुने लाइनमा ‘फल्ट’ वा बढी करेन्ट प्रवाह (ओभर करेन्ट) भएको अवस्थामा ‘रिले’ले स्वचालित रूपमा लाइन काटेर उपकरणको सुरक्षा गर्दछ । उदाहरणको लागि सबस्टेशनमा जडान भएको एउटा पावर ट्रान्सफरमरलाई नै लिन सकिन्छ । यसको सेकेन्डरी साइडको थ्रिफेज लाइन विभिन्न उपकरण हुँदै अन्त्यमा ट्रान्समिशन लाइनसँग जोडिएको हुन्छ । आँधीहुरी अथवा यस्तै केही कारणले तार भुइँमा खस्यो वा एउटाले अर्को तारलाई छोयो भने अत्यधिक करेन्ट प्रवाह हुन्छ, जसलाई फल्ट भन्ने गरिन्छ । यही फल्टका कारण उत्पन्न हुने करेन्टलाई समय मै रोकिएन भने यसले ट्रान्सफरमरलाई जलाइदिनुको साथै यसको कुप्रभाव विद्युत् गृहसम्म पनि पुग्दछ । रिलेले यस्तो फल्ट वा ओभर करेन्टको अवस्था थाहा पाउँछ । त्यसलाई सेन्स गरी स्वचालित रूपमै फल्ट भएको केही मिलिसेकेण्डमा लाइन काटिदिन्छ र यस प्रकार उपकरणलाई क्षति हुनबाट जोगाउँदछ ।

२. रिलेका प्रकार

रिले विभिन्न प्रयोजनका लागि बनाइएका हुन्छन् र सोही अनुरूप यिनीहरूको नामकरण गरिएको हुन्छ ।

  • ओभर करेन्ट रिले : यसले लाइन फल्ट वा ओभर करेन्टबाट सुरक्षा प्रदान गर्दछ ।
  • अर्थ फल्ट रिलेः लाइनले भुइँलाई छोएमा वा लोड करेन्ट अन ब्यालेन्स भएमा यो रिले क्रियाशील हुन्छ ।
  • डिफरेन्टसियल रिले : यो खास गरेर पावर ट्रान्सफरमर वा जेनेरेटरको वाइन्डिङको सुरक्षाको लागि प्रयोगमा ल्याइन्छ ।
  • अन्डर भोल्टेज रिले : एउटा निश्चित मानभन्दा तल भोल्टेज झरेपछि यो रिलेले काम गर्दछ अर्थात् लाइनलाई ट्रिप गराइदिन्छ ।
  • ओभर भोल्टेज रिले : केही कारणले एउटा निश्चित मानभन्दा बढी भोल्टेज हुन गएमा यो रिले क्रियाशील भई लाइन काटिदिन्छ ।
  • एमएचओ रिले : यो रिलेलाई एडमिटेन्स रिले भन्दछन् । यो भोल्टेज नियन्त्रित डिरेक्शन रिले हो । खास गरेर लामो ट्रान्समिशन लाइनको सुरक्षाको लागि यसको प्रयोग गरिन्छ ।
  • फ्रिक्वेन्सी रिले : निश्चित मानको भोल्टेज र फ्रिक्वेन्सी उत्पन्न गर्ने जेनेरेटरमा केही समस्या आई यसले उत्पन्न गर्ने भोल्टेजको फ्रिक्वेन्सी स्थिर नभए यसले जेनेरेटर नै बन्द गराइदिन्छ । अर्थात्, फ्रिक्वेन्सी रिलले फ्रिक्वेन्सी तलमाथि भए मात्र सेन्स, अरु मात्रा जस्तै भोल्टेज र करेन्टसँग यसलाई मतलब हुँदैन ।
  • सिंक्रो–चेक रिले : यसले सिंक्रोनाइजिङका लागि रनिङ जेनेरेटर वा बसबारको प्यारामिटर इनकम जनेरेटरसँग मेल खान्छ वा खाँदैन चेक गर्दछ । मेल खाएन भने इनकमिङ जेनेरेटरलाई सिंक्रनाइज हुन दिँदैन अर्थात् इनकमिङ जेनेरेटरलाई बसबारसँग जोड्ने ब्रेकर नै अन हुँदैन ।
  • बुकहोल्ज रिले : यसले ट्रान्सफर्मरभित्र केही कारणले ग्यास उत्पन्न भए ट्रान्सफर्मरको इनकमिङ साइडको ब्रेकर अफ गरिदिन्छ ।
  • प्रतिबाधा/दूरी रिले : यसबाट सबस्टेशनदेखि कति टाढा, कुन क्षेत्रमा अर्थ फल्ट वा फेस टु फेस फल्ट भयो भन्ने कुरा थाहा पाइन्छ । यो जमाना डिजिटल युग भएकोले आजभोलि पाइने यस्ता उपकरणमा फल्ट लोकेटर पनि समावेश गरिएको हुन्छ, जसले कति टाढा (मिटरसम्मको शुद्धतामा) फल्ट भयो भनी अंकमै देखाइदिन्छ । यसबाट लाइन मर्मतमा लाग्ने समय घट्न गई चाँडै पुनः विद्युत् आपूर्ति गर्न सकिन्छ । प्रतिबाधा रिलेमा कन्डक्टर र यसको स्पेसिङ (एउटा तारबाट अर्को तारको दूरी) को विवरणको साथै सिटी र पिटीको आउटपुट पनि यो उपकरणमा पठाउनु पर्दछ ।
  • दिशात्मक रिले : यसले एउटै दिशाबाट बग्ने करेन्टलाई मात्र सेन्स गर्दछ, उल्टो दिशाबाट करेन्ट बगेमा यसले काम गर्दैन अर्थात् ब्रेकर ट्रीप हुँदैन । खास गरेर समानान्तर बस वा लाइनमा फल्ट भयो भने दुवैतर्फबाट फल्ट करेन्ट बग्नबाट रोक्दछ अर्थात् एकतर्फबाट मात्र फल्ट करेन्ट बग्दछ ।
  • रिझर्स करेन्ट रिले : जेनेरेटरलाई घुमाउने प्राइम मुभर केही कारणले बन्द भयो भने जेनेरेटरले करेन्ट बसबारमा पठाउनुको सट्टा बसबारबाटै करेन्ट लिन थाल्दछ (रिर्झस करेन्ट फ्लो) र अनि यसले मोटरको रूपमा काम गर्न थाल्दछ । यस प्रकारको रिर्झस करेन्ट फ्लो रोक्न रिर्झस करेन्ट रिले प्रयोग गरिन्छ ।

बहु वैकल्पिक प्रश्नहरू

१. सामान्य भाषामा रिले भनेको के हो ?

(क) इन्डक्टर
(ख) स्विच
(ग) क्यापासिटर
(घ) रेसिस्टर

उत्तर : स्विच

२. डिफरेन्सियल रिले निम्नमध्ये कुनको सुरक्षाका लागि प्रयोग गरिन्छ?

(क) वितरण ट्रान्सफर्मर
(ख) करेन्ट ट्रान्सफर्मर
(ग) पावर ट्रान्सफर्मरको वाइन्डिङ
(घ) पोटेन्सियल ट्रान्सफर्मरको वाइन्डिङ

उत्तर : पावर ट्रान्सफर्मरको वाइन्डिङ

३. ट्रान्सफर्मरमा जडित बुकहोल्ज रिलेले निम्न मध्ये कुन अवस्थामा क्रियाशील हुन्छ ?

(क) तेलबाट ग्यास उत्पन्न भएमा
(ख) ओभर करेन्ट भएमा
(ग) अर्थ फल्ट भएमा
(घ) यी कुनै पनि होइनन्

उत्तरः तेलबाट ग्यास उत्पन्न भएमा

४. सिंक्रो–चेक रिले कहाँ प्रयोग गरिन्छ ?

(क) मोटर प्रोटेक्शन
(ख) ट्रान्सफर्मरको समानान्तर सञ्चालन
(ग) जेनेरेटरको समानान्तर सञ्चालन
(घ) यी कुनै पनि होइनन्

उत्तर : जेनेरेटरको समानान्तर सञ्चालन
५. रिलेको करेन्ट क्वायलमा रहेको टेपिङले केको मानलाई कम वा बढी गर्दछ ?

(क) करेन्ट
(ख) भोल्टेज
(ग) टर्न संख्या
(घ) क्यापासिटीको पावर

उत्तर : क्यापासिटीको पावर

६. फिडरबाट प्रवाहित हुने करेन्टको अवस्था निम्नअनुसार भए अर्थ फल्टले के काम गर्दछ ?

(क) अन ब्यालेन्स
(ख) ओभर लोड
(ग) अन्डर लोड
(घ) यी कुनै पनि होइनन्

उत्तर : अन ब्यालेन्स

७. रिर्भस करेन्ट रिले साधारणत : केको सुरक्षाको लागि प्रयोगमा ल्याइन्छ ?

(क) ट्रान्सफर्मर
(ख) मोटर
(ग) क्यापासिटर बैंक
(घ) जेनेरेटर

उत्तर : जेनेरेटर

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३