विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ फाल्गुण १०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । हरेक साताकाे शुक्रबार ऊर्जा खबरले प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत  यो साता हामीले विद्युत् वितरण र यसका विविध पक्षका विषयमा जानकारी दिने प्रयास गरेका छौँ । अघिल्लो साता विद्युत् सबस्टेशनका विषयमा जानकारी प्रस्तुत गरेका थियौँ ।

(१) विद्युत् वितरण भनेको के हो ?

उत्तर : विद्युत् वितरण भनेको पावर ग्रिडबाट व्यक्तिगत उपभोक्तासम्म बिजुली पुर्‍याउन गरिने बिजुलीको अन्तिम प्रसार हो । यसअन्तर्गत उच्च भोल्टेज भएको विद्युत्‌लाई सबस्टेशनहरूमा घटाइन्छ र त्यसपछि लाइनहरू र ट्रान्सफर्मरहरूको नेटवर्कमार्फत घर तथा व्यवसायसम्म प्रसार गरिन्छ । नेपाल विद्युत् प्राधिकरणको परिप्रेक्ष्यमा कुरा गर्ने हो भने ३३ किलोभोल्ट (केभी) लाइन, ३३/११ केभिए सबस्टेशन, ११ केभी लाइन डिस्ट्रिब्युशन ट्रान्सफर्मर (११/०.४ केभी), ४००/२३० भोल्ट लाइन र ग्राहकसँग सम्बन्धित सम्पूर्ण कार्यहरू वितरणका कार्यक्षेत्रभित्र पर्दछ ।

(२) वितरण प्रणाली कति प्रकारका हुन्छन् ? 

उत्तर : विद्युत् वितरण प्रणाली २ प्रकारका हुन्छन् : पहिलो– प्राइमरी डिस्ट्रिब्युशन प्रणली । यसअन्तर्गत साधारणतया ११ केभी वा ३३ केभी लाइन पर्दछ । दोस्रो– सेकेण्डरी डिस्ट्रिब्युशन प्रणली । यसअन्तर्गत ३ फेज ४ वायर र सिङ्गल फेज २ वायरका लाइन पर्दछन् । प्राइमरी डिस्ट्रिब्युशन प्रणली पनि निम्नानुसार २ प्रकारका हुन्छन् :

(१) प्राइमरी डिस्ट्रिब्युशन प्रणाली : यस अन्तर्गत दुई थरी प्रणालीबाट विद्युत् वितरण गरिन्छ :

  • (क) रेडियल सिस्टम : यस प्रकारको प्रणलीमा विद्युत् आपूर्ति गर्ने स्रोत एउटै हुन्छ, अर्थात् ११ केभी फिडरको कुनै बिन्दुमा फल्ट भयो भने त्यो फिडरसँग जोडिएका सबै ग्राहकको विद्युत् आपूर्ति बन्द हुन्छ । फल्ट हटाएपछि मात्र ग्राहकहरूले विद्युत् पाउन सक्दछन् । यसको अर्को अवगुण के हो भने भोल्टेज ड्रपले गर्दा लाइनको पुछारमा रहेका ग्राहकहरूले कम (लो) भोल्टेज पाउँदछन् । अर्थात् बत्ती चहकिलो हुँदैन ।
  • (ख) रिङ्ग सिस्टम : यो प्रणालीमा ग्राहककहाँ विद्युत् आपूर्ति गर्ने फिडरमा दुई बाटो भएर विद्युत आपूर्ति भइरहेको हुन्छ । कुनै ठाउँमा फल्ट भयो भने सो खण्डलाई काटेर सजिलै विद्युत् आपूर्ति गर्न सकिन्छ । लगानीको दृष्टिले रिङ्ग सिस्टम रेडियल सिस्टमभन्दा महँगो हुन्छ ।

(२) सेकेन्डरी डिस्ट्रिब्युशन प्रणली : यसअन्तर्गत ३ फेज ४ वायर सिस्टम/सिङ्गल फेज २ वायर सिस्टम आउँदछ । ११/०.४ केभी वा ११/०.२३० केभी ट्रान्सफरमरले प्राइमरी र सेकेन्डरी डिस्ट्रिब्युशन प्रणलीलाई छुट्याउने काम गर्दछ ।

(३) वितरण लाइन कति प्रकारका हुन्छन् ? 

उत्तर : मुख्यतया निर्माणको आधार र भोल्टेजको आधारमा वितरण प्रणालीलाई वर्गीकरण गरिन्छ । 

(क) निर्माणको आधारमा : विद्युत् गृहबाट उत्पादित विद्युत्लाई अन्यत्र लैजान विद्युत् लाइनको आवश्यकता पर्दछ । यो विद्युत् लाइन तानिने ठाऊँको आधारमा दुई थरिको हुन्छ । एउटा ओभर हेड लाइन अर्थात् जमिन माथिबाट तानिने लाइन र अर्को अण्डर ग्राउण्ड (भूमिगत) लाइन अर्थात् जमिनमुनि गाडेर लगिने लाइन हुन्छ । 

(ख) भोल्टेजको आधारमा : भोल्टेज स्तरका आधारमा भन्ने हो भने विद्युत् लाइन मुख्यतया ३ प्रकारका हुन्छन् । 

  • वितरण लाइन : यो ४०० वा २३० भोल्टको हुन्छ ।
  • उच्च भोल्टेज वितरण लाइन : यो ११००० भोल्टको हुन्छ ।
  • प्रसारण लाइनका भोल्टेज स्तर :

                               – ३३,००० भोल्ट  (३३ केभी)
                               – ६६,००० भोल्ट  (६६ केभी)
                               – १,३२,००० भोल्ट (१३२ केभी)
                               – २,२०,००० भोल्ट (२२० केभी)
                               – ४,००,००० भोल्ट (४०० केभी)

बहु–वैकल्पिक प्रश्नहरू

(१) प्राइमरी डिस्ट्रिब्युशन प्रणलीको भोल्टेज कति हुन्छ ?

(क) ११० भोल्ट
(ख) ४०० भोल्ट
(ग) ११ केभी
(घ) ६६ केभी

उत्तरः ११ केभी

(२) काठमाडौँ सहरमा कुन प्रकारको सेकेन्डरी डिस्ट्रिब्युशन प्रणली छ ?

(क) सिङ्गल फेज २ वायर
(ख) सिङ्गल फेज ३ वायर
(ग) थ्रीफेज ४ वायर
(घ) थ्रीफेज ३ वायर

उत्तरः थ्रीफेज ४ वायर

(३) थ्रीफेज ४ वायर प्रणाली अन्तर्गतको वितरण लाइन कुन ठाउँका लागि उपयुक्त हुन्छ ?

(क) घना बस्ती
(ख) कलकारखाना
(ग) पहाडी क्षेत्र
(घ) क र ख दुबै

उत्तरः क र ख दुवै

(४) फलामे पोलको आयु अधिकतम पार्न के गर्नु पर्दछ ?

(क) जिङ्क कोटिङ
(ख) आल्मुनियम पेन्टिङ
(ग) जिङ्क स्प्रे
(घ) आल्मुनियम स्प्रे

उत्तर : जिङ्क कोटिङ

(५) थ्रीफेज विद्युत् वितरण प्रणालीमा असन्तुलित लोड भयो भने के हुन्छ ?

(क) चुहावाट बढ्दछ
(ख) ग्राहकले भोल्टेज कम पाउँछन्
(ग) ट्रान्सफरमर तात्दछ
(घ) माथि उल्लेखित सबै

उत्तर : माथि उल्लेखित सबै

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३