विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३४९ जना कर्मचारी नियुक्त गर्ने भएकाे छ । प्राधिकरणले रिक्त रहेकाे स्थानमा पदपूर्तिका लागि ३ देखि ७ तहसम्मका लागि कर्मचारी नियुक्त गर्न आवेदन मागेकाे हाे ।

विभिन्न समूहमा रिक्त पदका लागि करार सेवाबाट पूर्ति गर्न आवेदन माग गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तह ७ का रिक्त पदपूर्ति गर्न ४० कर्मचारीका आवेदन  खुलाइएकाे छ । जसमा, ११ जना सिभिल, ३ जना मेकानिकल, २२ जना जना इलेक्ट्रिकल इन्जिनियर, २ जना सर्भे अधिकृत र २ जना कम्प्युटर इन्जिनियर नियुक्त गर्न आवेदन  मागरिएको छ ।

यस्तै, ५८ जना इलेक्ट्रिकल सुपरभाइजर माग गरिएका छ । प्राधिकरणले विभिन्न प्रादेशिक क्षेत्रमा खटाउने गरी कर्मचारी माग गरेको हो । प्राधिकरणले विराटनगरका लागि १०, जनकपुरका लागि ८, बागमतिका लागि ९, गण्डकीका लागि ४, लुम्बिनीका लागि १०, कर्णालीका लागि ९ र सुदुरपश्चिमका  लागि ८ कर्मचारीको पदपूर्ति गर्न आवेदन माग गरेको छ ।

यस्तै, विराटनगरका लागि एक, बागमतिका लागि ७ र गण्डकीका लागि ६ जना मेकानिकल सुपरभाइजर मागिएको छ । बागमतिका लागि ६, गण्डकीका लागि १ र लुम्बिनीका लागि १ जना सिभिल सुपरभाइजर माग गरिएको छ ।

बागमतिका लागि २ जना ड्रिलिङ सुपरभाइजर माग गरिएको छ । विराटनगरका लागि १६, जनकपुरका लागि २०, बागमतिका लागि १०, गण्डकीका लागि ६, लुम्बिनीका लागि १५, कर्णालीका  लागि ८ र सुदुरपश्चिमका लागि १० जना इलेक्ट्रिकल फोरमेनको पदपुर्ति गर्न आवेदन मागिएको छ ।

विराटनगरका लागि २, बागमतिका लागि ११, गण्डकीका लागि ३ जना मेकानिकल फोरमेन, बागमतिका लागि ४, गण्डकीका लागि १ जना सिभिल फोरमेन मागिएको छ ।

विराटनगरका लागि २०, जनकपुरका लागि ३४, बागमतिका लागि २७, गण्डकीका लागि ३, लुम्बिनीका लागि २०, कर्णालीका लागि ९ र सुदुरपश्चिमका लागि ८ जना इलेक्ट्रिकल इलेक्ट्रिसियन माग गरिएको प्राधिकरणले जनाएको छ ।

इच्छुक व्यक्तिले आगामी १५ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले शैक्षिक योग्यता प्रमाणपत्र, तालिम, अनुभव, पासपोर्ट साइजको फोटो, नागरिकताको प्रमाणपत्रलगायतका आवश्यक कागजात प्राप्त हुने गरी पठाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit