विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ८, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ५ जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रलयको मन्त्रीस्तरीय निर्णयबाट मङ्गलबार ती सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको मन्त्रालयका एक अधिकारीले बताएका छन् । 

उनका अनुसार मन्त्रालयको वैदेशिक सहायता महाशाखाका सहसचिव जीवछ मण्डललई बूढीगण्डकी जलविद्युत् पब्लिक लिमिटेड कम्पनीमा सरुवा गरेको छ । 

बूढीगण्डकी जलविद्युत् पब्लिक लिमिटेड कम्पनीबाट सहसचिव चिरञ्जीवी चटौतलाई मन्त्रालयको ऊर्जा महाशाखामा पठाएको छ । ऊर्जा महाशाखाका सहसचिव सन्दीपकुमार देवलाई जल तथा शक्ति आयोगको सचिवलालयको सचिवको जिम्मेवारीमा पठाएको छ । विद्युत् विकास विभागका सहसचिव रागरराज गौतमलाई मन्त्रालयको वैदेशिक सहायता महाशाखामा पठाएको छ । 

त्यस्तै, जल तथा ऊर्जा आयोगको सचिवालयमा रहेका सहसचिव डा. महेश्वर श्रेष्ठलाई नौमुरे बहुउदेश्यीय आयोजना प्रमुखको जिम्मेवारीमा पठाएको छ ।  

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३