विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल र बंगलादेशबीच आगामी तीन महिनाभित्र करिब ५० मेगावाट विद्युत नेपालबाट बंगलादेश निर्यात गर्ने सहमति भएको छ । ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बिहीबार (भदौ ९ गते) सम्पन्न बैठकमा द्धिपक्षीय सहमति भएको हो ।

नेपालको विद्युत बंगलादेशसम्म पु¥याउन भारतीय भूमिको प्रयोग हुने हुँदा भारतसँग त्रिपक्षीय बैठकका लागि आग्रह गर्ने निर्णय समेत उक्त बैठकले गरेको छ । 
बंगलादेशको भेडमारा–एचपीडीसीको संरचनामा नेपालबाट ४० देखि ५० मेगावाट हाई भोल्टेज डारेक्ट करेन्ट लान सक्ने अवस्था देखिएकोले यसका लागि तीन महिनाभित्र त्रिपक्षीय बैठक बसेर टुंगो लगाउने निर्णय भएको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यसका लागि नेपाल विद्युत प्राधिकरण, भारतीय विद्युत व्यापार कम्पनी (एनभीभीएन) र बंगलादेश पावर डेलभपेन्ट बोर्डबीच बैठक बस्नेछ । बंगलादेश सरकारले नेपालबाट बिजुली आयात गर्ने योजना अघि सारेपछि यसलाई जेएससी बैठकले मूर्त रूप दिएको हो ।

बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारी, सहसचिव मधुप्रसाद भेटुवाल लगायत १५ जना र बंगलादेशका तर्फबाट त्यहाँका ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव हबिबुर रहमान सहितको टोली सहभागी भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३