विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनीले आफ्ना सम्पूर्ण सेयरधनीलाई १९.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको आइतबार (फागुन १ गते) बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम रहेको १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार रुपैयाँ बराबरको चुक्ता पुँजीबाट लाभांश दिने प्रस्ताव गरेको हो ।

सेयरधनीलाई १८.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ । कम्पनीले पहिलो पटक आफ्ना सेयरधनीलाई लाभांश दिन लागेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी फागुन ३० गते हुने २५औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । सेयरधनीलाई यो लाभांश वितरण गरेपछि कायम हुने आनउने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि साधारणसभामा जाँदैछ ।

साधारणसभा फागुन ३० गते बिहान ११ बजे भर्चुअल माध्यमबाट गरिने जानकारी कम्पनीले दिएको छ । साधारणसभामा सुनकोसी हाइड्रो पावर कम्पनीलाई प्राप्ति गर्ने प्रस्ताव पनि जाँदैछ । सुनकोसी ४.५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको प्रवर्द्धक हो ।

निर्माणाधीन अवस्थामै अनुमतिपत्र खारेज भएको आयोजना अहिले पुनः नेशनलको स्वामित्वमा आइसकेको छ । कम्पनीले सुनकोसीलाई १ः०.२५ को अनुपातमा सेयर मिलान हुने गरी प्राप्ति गर्न लागेको हो । 

कम्पनीले साधारणसभा र लाभांश प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्नेछ । फागुन १२ गतेसम्म कायम हुने सेयरधनीले कम्पनीको लाभांश सुरक्षित गर्न पाउने छन् ।

कम्पनीले सिन्धुपाल्चोकमा निर्माण गरेको ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना सञ्चालना छ । भोजपुरमा सहायक कम्पनीमार्फत १४.१५ मेगावाटको तल्लो इर्खुवा जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit