विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । कालिञ्चाेक हाइड्रोपावर लिमिटेड सर्वसाधारण सेयर लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) गरेको छ । कम्पनीले आइतबारदेखि ६ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबर प्रतिकित्ता १०० रुपैयाँ अङ्‌कित मूल्यका ६ लाख ८४ हजार ७५० कित्ता सेयर  सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो । 

प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यको उक्त सेयरका लागि कम्तीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । सेयर खरिद गर्न चाहने लगानीकर्ताले चैत २५ गतेसम्म आवेदन दिन दिनुपर्ने समय तोकिएको छ । तोकिएको अवधिभित्र माग अनुसारको आवेदन नपरेको अवस्थामा निष्काशन अवधि २०८३ वैशाख ६ गतेसम्म थप हुने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता कुमारी क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीलाई क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपाल, काठमाडौँले केयरएनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्‌केत देखाएको छ । 

कम्पनीले दोलखामा ५ मेगावाटको साँगु (सोरुन) खोला जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३