विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय रत्नपार्क परिसरमा आज बिहान करिब १० बजेदेखि बिजुली काटिएको छ । रत्नपार्क, बागबजार, पुतलीसडक, भृकुटीमण्डप, कमलादी लगायत ठाउँमा बिहानैदेखि विद्युत कटौती भएको छ ।

डेढ घन्टासम्म बिजुली नआउँदा दैनिक व्यापार व्यवायको काम चौपट भएको बागबजारका प्रेस सञ्चालक जयराम तिमल्सिनाले बताए । ‘बिनासूचना दैनिकजसो लाइन काटिएको छ, व्यापार त सुक्यो नै मेसिनरी सामान समेत धराशयी हुँदै गएका छन्,’ उनले भने, ‘प्राधिकरण हट लाइनमा फोन गर्दा, फोन उठ्दैन प्रतिक्रिया नै दिँदैनन् कसैले ।’

यस विषयमा जानकारी लिन ऊर्जा खबरले पटक–पटक प्राधिकरणको ‘हट लाइन’ नम्बरमा फोन गर्दा कुनै प्रतिक्रिया प्राप्त हुन सकेन । त्यो नम्बरमा फोन नै उठ्दैन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्दै आएको ‘दु्रत सेवा’ अहिले आएर काम नलाग्ने अवस्थामा पुगेको संकेत देखिएको छ ।

आपतकालीन सेवामा मात्र होइन, अन्य समयमा समेत प्राधिकरणको हट लाइन नम्बरमा फोन गर्दा कुनै प्रतिक्रिया नै दिइँदैन । पछिल्लो समय प्रणाली विद्युत उपलब्ध भए पनि वितरण लाइन, तार, पोल, ट्रान्सफर्मर लगायत प्रणालीको सुधार नहुँदा दैनिक घन्टौंसम्म विद्युत काटिँदै आएको छ । प्राधिकरणले भने यसलाई प्राविधिक त्रुटी भन्दै पन्छिँदै आएको छ ।

यता, देशका औद्योगिक तथा मुख्य सहरी क्षेत्रमा समेत प्रणाली सुधार नभएकै कारण लाइन काटिने गरेको छ । चौतर्फी आलोचना हुन थालेपछि कार्यकारी निर्देशक घिमिङले प्रणालीले धान्न नसकेका कारण ट्रिपिङ भएको बताएका छन् । तर, यो प्रणाली सुधार गर्ने मुख्य जिम्मेवारीमा विगत ६–७ वर्षदेखि उनी नै रहेका छन् ।

हट लाइन नम्बरमा फोन गर्दा प्रदेश अनुसारको ‘एक्सटेन्सन’ नम्बर उपलब्ध गराइएको आवाज आउँछ तर ती कुनै पनि नम्बरबाट प्रतिक्रिया आउँदैन । मात्र, प्राविधिक रूपमा स्थापित ‘अटोमेटिक’ जवाफ आउँछ । प्रणालीको यो अस्तव्यस्तताले प्राधिकरण अब आपूर्ति व्यवस्थापनमा कमजोर हुँदै गएको प्रमाणीत भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit