विद्युत अपडेट

  • प्राधिकरण : ८७४७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६५५३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५१८९ मे.वा.घन्टा
  • आयात : ३८८ मे.वा.घन्टा
  • निर्यात : १२१६५ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६०९५७ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : ३०५८ मे.वा.
२०८३ असोज २२, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भोटेकोसी नदीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् गरी कुल ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको छ । बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका उत्पादन तथा विद्युत् प्रसारण संरचनामा क्षति पुगेपछि ती आयोजनाबाट विद्युत् उत्पादन तथा आपूर्ति अवरुद्ध भएको हो ।

त्यसबाट मुलुकको विद्युत् प्रणालीमा एकैपटक ठूलो परिमाणमा विद्युत् उपलब्धता घटेको छ । भोटेकोसी करिडोरमा रहेका जलविद्युत् आयोजनाका विद्युत् गृह, प्रसारण लाइन तथा अन्य संरचनामा बाढी र पहिरोले क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ । क्षतिको विस्तृत विवरण तथा कुन–कुन आयोजनाको उत्पादन कति समयसम्म प्रभावित हुन्छ भन्ने यकिन हुन बाँकी रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

एकैपटक ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिँदा विद्युत् आपूर्ति व्यवस्थापनमा समेत दबाब परेको छ । विशेषतः वर्षामा उत्पादन उच्च हुने समयमा ठूलो क्षमताका आयोजना बन्द हुँदा प्रणालीको सञ्चालन तथा विद्युत् आपूर्तिमा चुनौती थपिएको छ ।

प्राधिकरण तथा सम्बन्धित निकाय तथा आयोजना प्रवर्द्धकहरूले बाढीबाट भएको क्षतिको मूल्याङ्कन तथा अवरुद्ध संरचना पुनःस्थापनाको काम अघि बढाउने तयारी गरेका छन् । क्षतिको अवस्था र पुनःनिर्माणको समयअनुसार प्रभावित आयोजनाबाट विद्युत् उत्पादन पुनः सुरु हुन समय लाग्न सक्ने देखिएको छ ।

भोटेकोसीमा आएको बाढीले जलविद्युत् आयोजनामात्र नभई सडक, पुल, प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुर्‍याएको छ । पछिल्लो घटनाले जलविद्युत् आयोजनाको विकाससँगै बाढी, पहिरो तथा जलवायुजन्य जोखिमबाट ऊर्जा पूर्वाधारको सुरक्षा र जोखिम व्यवस्थापन थप जोखिम बन्दै गएको छ ।

बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजनाको विवरण

क्र.सं. जलविद्युत् तथा सोलार आयोजना क्षमता (मेगावाट) कैफियत
१ रसुवागढी १११ प्रत्यक्ष प्रभावित, नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरू
२ सालासुङ्गी (साञ्जेन) ७८ निजी क्षेत्र
३ माथिल्लो साञ्जेन १४.८ निजी क्षेत्र
४ साञ्जेन ४२.५ निजी क्षेत्र
५ चिलिमे २२ प्रत्यक्ष प्रभावित, नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरू
६ लङटाङ २० प्रत्यक्ष प्रभावित, निजी क्षेत्र
७ माथिल्लो त्रशूली-३ए ६० प्रत्यक्ष प्रभावित, नेपाल विद्युत प्राधिकरण
८ माथिल्लो मैलुङ १४.८ निजी क्षेत्र
९ मैलुङ ५ निजी क्षेत्र
१० त्रिशूली २४ प्रत्यक्ष प्रभावित, नेपाल विद्युत प्राधिकरण
११ देवीघाट १४ प्रत्यक्ष प्रभावित, नेपाल विद्युत प्राधिकरण
१२ सोलार २५ प्रत्यक्ष प्रभावित, नेपाल विद्युत प्राधिकरण
  जम्मा ४३१.१  

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३