विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

पर्सा । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट आयात गरिने खाना पकाउने एलपी ग्यास र हवाई इन्धनकाे परिमाणमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा ४ प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो ।

आव २०७९/८० मा वीरगञ्ज नाका प्रयोग गरी ३३ अर्ब १३ करोड रूपैयाँ बराबरको २ लाख ९० हजार २ सय ८७ मेट्रिकटन खाना पकाउने ग्यास आयात गरिएको बताउँदै वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवमा ३० अर्ब रूपैयाँको २ लाख ६७ हजार ४८ मेट्रिकटन ग्यास आयात भएको जानकारी दिए । उनका अनुसार ११ हजार २३८ मेट्रिकटन कम ग्यास अयात भएको हो ।

भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार अघिलो आवमा वीरगञ्ज नाकाबाट १७ अर्ब ३१ करोड रूपैयाँको ५ लाख ९७ हजार १४४ किलोलिटर हवाई इन्धन आयात भएकामा गत आवमा १८ अर्ब २१ करोड रूपैयाँको १ लाख ७३ हजार ४८४ केल आयात भएको छ । 

सूचना अधिकारी कर्णले खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा सङ्कुचन देखिए पनि नेपालमा सबैभन्दा बढी इन्धनका रूपमा उपयोग हुने डिजल र पेट्रोलको आयात भने बढेको बताए । वीरगञ्ज नाकाबाट आव २०७९/८० को तुलनामा गत आवमा डिजेल ४ प्रतिशत र पेट्रोलको आयात २ प्रतिशतले बढेको उनले जानकारी दिए ।

आव २०७९/८० मा १ खर्ब १३ अर्ब ५८ करोड रूपैयाँको १० लाख ४० हजार ५०६ केल डिजेल र ३८ अर्ब २४ करोड रूपैयाँको ३ लाख ८९ हजार ७११ केल पेट्रोल आयात भएको उनले बताए ।

गत आवमा १ खर्ब ९ अर्ब २९ करोड रूपैयाँको १० लाख ८३ हजार ५२० केल डिजेल र ३९ अर्ब २ करोड रूपैयाँको ३ लाख ९४ हजार ७२३ केल पेट्रोल आयात भएको सूचना अधिकारी कर्णले जानकारी दिए ।

उनका अनुसार नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धनको आयात वीरगञ्ज नाकाबाट हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३