विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडको सेयर आवेदन अवधि थप भएको  छ । कम्पनीले प्रभावित स्थानीयका लागि जेठ १९ गतेदेखि खुल्ला गरेको सेयरमा माग बमोजिमको दरखास्त प्राप्त नभएको भन्दै असार ५ गतेसम्मका लागि आवेदन अवधि थप गरेको हो । 

कम्पनीको जारी पूँजी १२ करोड १८ लाख ६७ हजारको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८ सय रकम बराबरको सय रुपैयाँ अंकित १ लाख २१ हजार ८ सय ६८ कित्ता सेयर प्रभावित स्थानीयका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा नम्बर ९ (साविकको सद्रवती गाविसका सम्पूर्ण वडाहरु तथा भिश्वेर नगरपालिका वडा नम्बर १ (साविकको सुष्पा क्षमतावती गाविसका सम्पूर्ण वडाका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको छ ।

प्रभावित स्थानीयले न्यूनतम १० कित्ता देखि अधितम १० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । स्थानीयले असार ५ गतेसम्म आवेदन दिन पाउनेछन । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको दोलखा जिल्लाको भिमेश्वर गाउँपालिकामा ९९८ किलोवाट क्षमताको सुस्पा बुखरी साना जलविद्युत आयोजना सञ्चालनमा छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit